खेलकुद

काठमाडौँ गोल्डेन्सको विजयी शुरुआत

धनगढी । काठमाडौँ गोल्डेन्सले आजदेखि यहाँ शुरु भएको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा विजयी शुरुआत गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा शुरु भएको डिपिएलको तेस्रो संस्करणमा काठमाडौँ गोल्डेन्सले घरेलु टोली धनगढी स्टार्सलाई चार विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको धनगढी स्टार्सले दिएको १३३ रनको लक्ष्य काठमाडौँले १९ दशमलव पाँच ओभरमा पूरा ग¥यो ।

काठमाडौँका गौरव तोमार २८, अनिल साह २४, अङ्कित दवास २९, कप्तान ज्ञानेन्द्र मल्ल ३, सोनु तामाङ र योगेन्द्रसिंह कार्की समान दुई रन बनाए । महबुब आलम १२ र विक्रम भुसाल १४ रनमा अविजित रहे ।

धनगढीका रोहन मुस्तफाले चार ओभरमा २७ रन खर्चेर चार विकेट लिए । टस हारेर ब्याटिङमा आएको धनगढीले २० ओभरमा पाँच विकेट गुमाउँदै १३२ रन बनाएको थियो । धनगढीका अमित श्रेष्ठ ५०, सन्दीप रजाइली २८ र सौरभ खनालले २५ रन बनाए । बलिङतर्फ नन्दन यादव दुई, ललित राजवंशी र अङ्कित दवासले एक÷एक विकेट लिए ।