अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा पूर्व प्रधान न्यायाधीशमाथि शक्तिको दुरुपयोग गरेको आरोप

सियोल । दक्षिण कोरियाको सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश याङ सङ–ताईमाथि न्यायिक शक्तिको व्यापक दुरुपयोग गरेको भन्दै उहाँ विरुद्ध ४० वटाभन्दा बढी अभियोग लगाइएको छ । सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश याङ विरुद्ध अभियोग लगाउनेसम्बन्धी तीन साताअघि आदेश दिएको थियो । अभियोजन अधिकारीहरुले याङ विरुद्ध आठ महिनादेखि छानबिन गरिरहेको बताइएको छ ।

अभियोजन अधिकारीहरुले सर्वोच्च अदालतका अरु दुई जना अवकाशप्राप्त न्यायाधीशहरु पार्क बायाङ–डाई र को योङ–हान का विरुद्ध समेत अभियोग लगाएका छन् । उनीहरुलाई भने प्रहरी थुनामा राखिएको छैन । प्रधान न्यायाधीश याङमाथि मुख्यतः पूर्व राष्ट्रपति पार्क गिउन–हे को सरकारमाथि जानाजान छुटहरू दिएको आरोप छ । उहाँ सन् २०११ देखि २०१७ सम्म दक्षिण कोरियाको प्रधान न्यायाधीश थिए ।

दक्षिण कोरियाको न्यायिक इतिहासमै पक्राउ पर्ने याङ पहिलो वरिष्ट न्यायाधीश छन् । उनीमाथि अब फौजदारी अभियोगमा सुनुवाई हुनेछ । अभियोजन अधिकारीहरुले सर्वोच्च अदालतमा रहेको राष्ट्रिय अदालत प्रशासन ९एनसीए० को प्रयोग गरी याङले पूर्व राष्ट्रपतिका पक्षमा महत्वपूर्ण राजनीतिक प्रकृतिका मुद्दाहरुको सुनुवाईमा प्रभाव पार्ने गरेको बताएका छन् ।