आर्थिक

कामना सेवा विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्सबिच बैंकासुरेन्स संझौता

काठमाण्डौ । कामना सेवा विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्स कम्पनिबिच आईतबार बैकस्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अवश्य बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनिको जीबन बीमा पोलिसिहरु खरिदगर्न सक्नेछन् । सम्झौतासंगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा बिकस बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल लाईफ इन्स्योरेन्सको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरेका छन् ।

बैंकले देशको विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा एटिएम् मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking C- ASBA, लगायतका माध्यमबाटसमेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।