समाचार

चौथो स्मृतिमा शुसील कोईराला फाउण्डेशनद्वारा देशघाटमा एक लाख सहयोग

काठमाण्डौ । माघ २६ गते यस सुशील कोईराला मेमोरीयल फ़ाउण्डेशनले पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सभापति सुशील कोईरलाको चौथो पुण्य स्मृतिमा एक लाख एक रुपैँया हस्तान्तरण गरेको छ । जनहित एवं लोककल्याणकारी कार्य अन्तर्गत देवघाटधाम स्थित महेश सन्यास आश्रम र महेश संस्कृत गुरुकुलमा अध्ययनरत बेदाध्यापि बटुकहरू आगन्तुक साधुसन्त महात्मा र अभ्यागतहरूको खर्चका लागि भन्दै एक लाख एक प्रदान गरेको प्रतिष्ठानका सदस्य सचिव अतुल कोईरालाले जानकारी दिए ।

२०७३ सालमा थिंक टैंकको रूपमा स्थापना भएको प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, खेलकूद, कला , संस्कृति, मानव अधिकार, बाल अधिकार, महिला अधिकार लगायत विभिन्न समाजिक लोक एवम मानवकल्याणकारी क्षेत्रहरूमा कार्यहरू गर्दैं आएको समेत सदस्यसचिव कोईरालाले बताए ।
नेपाली काँग्रेसका महामन्त्री एबं प्रतिष्ठानका अध्यक्ष डा. शसांक कोईराला शनिबार देशघाटस्थीत आश्रममा गई हिन्दू धर्मका लागि काँग्रेसले पहल गर्ने बताँउदै प्रतिष्ठानका तर्फबाट उक्त रकम हस्तान्तरण गरेका थिए ।