अन्तर्राष्ट्रिय

चीनमा ११ को मृत्यु, नौ घाइते

हेफेइ, चीन । चीनको पूर्वी प्रान्तमा भएका दुई छुट्टा छुट्टै दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । चीनको अन्हुइ प्रान्तमा भएका दुई सवारी दुर्घटनामा परी अरु ११ जना घाइते भएका स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

आइतबार बिहान अन्हुइमा भएको एउटा दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने अरु चार जना घाइते भएका हुन् । स्थानीय समयअनुसार विहान ५।१२ मा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी चार जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

घाइते अरु चार जनाको अवस्था स्थीर रहेको जनाइएको छ । अर्को दुर्घटना स्थानीय समय अनुसार ८।११ बजे विहान लुजिङको हेफेइमा भएको हो । यस दुर्घटनामा पनि छ जनाको मृत्यु भएको र पाँच जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएका छन् ।