मनोरञ्जन

शिव परियारको ‘तिमि नै मेरो सास हो’ सार्बजनिक

काठमाण्डौ । नेपाली सुगम संगीतका निक्कै लोकप्रिय तथा चर्चित गायक शिव परियारको नयाँ गीत ‘तिमि नै मेरो सास हौ’ को भिडियो सार्वजनिक गरिएको छ। प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको ‘तिमि नै मेरो सास हौ’ गीत प्रेम दिवसमा आफ्नो दर्शक तथा स्रोतालाई उपहार लिएर आएको गायक परियारले बताए ।

सार्वजनिक गीतमा एकनारायण भण्डारीको अत्यन्तै मिठो शब्द रहेको छ भने आशिष अविरलको जादमयी संगीत तथा एरेन्ज रहेको छ ।गीतमा आसुको अर्थ बाट निकै चर्चामा आएका जोडी स्वस्तिमा खड्का र आकाश श्रेष्ठले अभिनय गरेका छन् । यहि जोडीको अभिनय, शिवकै स्वर र शिवकै युट्युब च्यानलबाट सार्बजनिक गरिएको ‘आशुको अर्थ’ बोलको गीतले केहि समय अघि मात्रै १ करोड बढि भ्युज पाएको थियो । गायक शिव परियारको शिवालय एल्बममा समाबेश उक्त गीतमा अहिलेका चर्चित तथा लोकप्रिय नायक नायिकाको खुलस्त रोमान्स देख्न सकिन्छ ।

सुहाना क्रियसनको प्रस्तुति रहेको सो भिडियो लोभलाग्दो र आकर्षक बनेको छ । बुद्ध थापाले छायांकन गरेको उक्त गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका हुन् । भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ । भिडियोलाई शिवले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।