समाचार

पहाडको आर्थिक अवस्था झन बिग्रदै गएको कुरामा चिन्ता लागेको छः डा भट्टराई

बेत्रावती । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराईले नेपालको पहाडी क्षेत्रको अर्थतन्त्र कमजोर अवस्थामा रहेको भन्दै चिन्ता जनाएका छन्।

मध्यपहाडी–पुष्पलाल लोकमार्ग हुँदै नेपालको पहाडी जिल्लाको भ्रमणका क्रममा नुवाकोट आइपुगेका उनले मध्यपहाडी–पुष्पलाल लोकमार्ग विस्तारले केही सुधारका सङ्केत देखिए पनि कृषिमा आधारित पहाडको जनजीवन पछिल्ला वर्षमा थप बिग्रँदै गएको भन्दै यसलाई गम्भीर रुपमा लिनुपर्ने बताए ।

यात्राका क्रममा शनिबार विदुरमा आयोजित ‘असल राजनीति र समावेशी विकासको लागी जनसंवाद’ कार्यक्रममा उनले पहाडी क्षेत्रमा कायम रहेको परम्परागत खेतीले बाली उब्जनीमा निरन्तर ह्रास, युवालाई कृषि क्षेत्रप्रति आकर्षण गराउन नसक्नु तथा पानीका मुहान सुकेर सिँचाइको अभावमा उर्वरभूमि बाँझै रहेको देखिएकाले मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउन चुनौती देखिएकाले यसमा नयाँ शिक्षा र चिन्ताको विषय उठेको बताए ।

नुवाकोट हुँदै बैतडीको झुलाघाटसम्मको यात्रा आगामी फागुन १५ गते भित्र पूरा गर्ने गरी नयाँ शक्ति पार्टीको सचिवालयसहितको टोली यात्रामा संलग्न छ । पूर्वप्रधानमन्त्री भट्टराईसहितको यात्रामा संलग्न टोली नुवाकोटको सामरीस्थित भ¥याङभुरुङ हुदै आइतबार धादिङ प्रस्थान गर्ने छ ।