समाचार

पुर्ब प्रधानमन्त्री टंकप्रसाद आचार्य देशलाई मायागर्ने ब्यक्ती हुनुहुन्थ्योः राजदूत आचार्य

काठमाण्डौ । भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्यले स्वर्गीय टंकप्रसाद आचार्य राष्ट्रलाई माया गर्ने प्रधानमन्त्री भएको दाबी गरेका छन् । टंक प्रसाद आचार्यको बारेमा शनिवार टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानले नेपालका लागि भारतीय राजदूतमा नियुक्त भएपछि गरेको बधाई तथा बिदाई कार्यक्रममा बोल्दै नेपालमा पार्टीगत रुपमा बिभाजन गरेर गनै नियुक्तीका प्रचलनलाई आफनो नियक्तीले तोडेको आफूलाई लागेको विचार व्यक्त गरेका छन् । काठमाण्डौको पुरानो बानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै राजदूत आचार्यले नेपाललाई फाईदा हुने कार्यमा आफूले सकेसम्म आफूले प्रयास गर्ने बताएका थिए ।

पूर्व मन्त्री, प्रवुद्ध समूहका सदस्य एवं संविधान विद् नीलाम्बर आचार्यलाई भारतका लागि नेपाली राजदूतका रूपमा बधाई दिदै बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार समेत रहेका भारत र चीनका पूर्व राजदुतद्वय डा. भेष बहादुर थापा र राजेश्वर आचार्य, प्रतिष्ठानका अध्यक्ष अरविन्द रिमाल लगायतले आफ्नो कुटनैतिक अनुभव सुनाउदै नीलाम्बर आचार्यको नेपालका लागि भारतीय राजदूतमा  नियुक्ती सरकारको ‘Right Man in The Right Place’ भएको धारणा बयक्त गरेका थिए । प्रतिष्ठानका सललाहाकार संयोजक समेत रहेका आचार्य राष्ट्रपति बिद्या भण्डारी समक्ष माघ २० गते आइतबार नै शपथ ग्रहण गरेका छन् ।

कार्यक्रममा प्रतिष्ठानका महासचिव डा. मीना आचार्य, अर्थविद केशव आचार्य, मानवअधिकारबादी नेता शुसील प्याकुरेल, प्रतिष्ठानका पुर्व अध्यक्ष डा. सोमप्रसाद गौचन लगायतका बिशिष्ट ब्यक्तीहरुको उपस्थिति थियो ।

-प्रतिष्ठानका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुका साथमा फोटो खिचाउदै राजदूत आचार्य र उनकी धर्मपत्नी/ तस्विर-सुर्यखबर