राजनीति

काँग्रेस महासमिति बैठकका निर्णय केन्द्रीय समितिमा छलफल हुनु हास्यास्पदः जिल्ला सभापतिहरु

काठमाण्डौ । काठमाण्डौमा उपलब्ध  जिल्ला सभापतिहरुको आन्तरिक बैठकले काँग्रेस केन्द्रीय समिति बैठकको बिषयमा ध्यानाकर्षण गराएका छन्  । महाधिवेशनपछिको शक्तीसाली संस्था महासमिति बैठकबाट पारित भएका केही बिषयमा चलिरहेको केन्द्रीय समितिले छलफल चलाउनु आफैंमा हास्यास्पद भएको निष्कर्ष निकालेका छन् । पहिले महासमिति सदस्यमा केन्द्रीय स्थतरका सबैनेताहरु पदेन महासमिति सदस्य बन्ने प्रचलनलाई पछिल्लो महासमिति बैठकले उल्ट्याउदै सबै बुथबाट निर्बाचित हुनुपर्ने प्राबधान कायम गर्नुपर्ने, समाबेशी कोटामा एकपटक भन्दा बढी निर्बाचित हुन नापाउने नियम पारित गर्ने भनिएपनि महासमिति बैठकको निर्णयलाई उल्ट्याउने प्रयास स्वरुप केन्द्रीय समिति बैठकमा छलफलको बिषय बन्नु गलत भएको भन्दै त्यसको बिरोध जनाएका हुन् । उनीहरुले, केन्द्रीय समितिको बैठकले महासमिति बैठकको निर्णयलाई कटौती गर्न नपाईने विधानमा स्पष्ट नियम भएपनि उक्त बिषयमा छलफलको बिषय बनाईरहनु औचित्यता नभएको जनाएका छन् ।

जगदीश्वरनरसिंह केसी (नुवाकोट), खड्गबहादुर शाही (मुगु), नरेश श्रेष्ठ (खोटागं), अमर सिंह पुन (रोल्पा), मधु आचार्य (काभ्रे), सबुजकृष्ण बानीयाँ (काठमाण्डौ) लगायत दुई दर्जन भन्दा बढी भेला भएका विल्ला सभापतिहरुले केन्द्रीय समितिको छलफललाई हास्यास्पद भन्दै बिरोध जनाएका छन् । भेलामा उपस्थित नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले देशभरका महासमिति सदस्यहरुको भेलाले पास गरेका कुराहरुलाई केन्द्रीय समितिले उल्ट्याउने दुश्प्रयास गरे आफूहरुले ७७ वटै जिल्ला सभापतिहरु तथा कार्यकर्तामाझ आफ्नो एजेण्डालाई १४ महाधिवेशनसम्म पुर्याउने विचारब्यक्त गरेका छन्।

केन्द्रीय सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच महासमिति बैठकको समापन समारोहमा ब्यक्त गरेका प्रतिबद्धताप्रति देशभरका काँग्रेसजन आश्वस्त भएको समेत उनीहरुले उल्लेख गरेका छन् ।