राजनीति

ढुक्क हुनुस् काङ्ग्रेस हिन्दुराष्ट्रको पक्षमा उभिन्छ –डा. शशाङ्क कोइराला

शुसान्त आचार्य/ देवघाट । नेपाली काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाले महेश संन्यास आश्रम, देवघाटद्वारा आयोजित देवघाटधाम विराट् ज्ञानमहायज्ञको ज्ञानसभामा बोल्दै नेपाली काङ्ग्रेस जनमत सङ्ग्रहको मार्फत नेपाललालाई पुनः हिन्दुराष्ट्र बनाउन काङ्ग्रेस हिन्दुराष्ट्रको पक्षमा उभिन्छ भन्ने ठोकुवा गरेका छन् । सभामा बोल्दै डा. कोइरालाले देवघाटधाम विराट् ज्ञानमहायज्ञमा सबैलाई सहभागी हुन आह्वान गर्दै हिन्दू राष्ट्रको पक्षमा उभिने कुरामा ढुक्क हुन सम्पूर्ण हिन्दूहरुलाई आश्वासन समेत दिएका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै हरिद्वारस्थित पतञ्जलि योगपीठका पीठाधीश आचार्य श्री बालकृष्ण महाराजले आफू नेपालको विकासमा हरेक कुरा गर्न सक्ने र गर्नका लागि महेश संन्यास आश्रमसँग १०० जना दक्ष विद्वद् जनशक्ति मागे । उनले सभामा बोल्दै नेपाल हिन्दुराष्ट्र हुनुपर्छ, त्यसमा सबै नेपालीहरूले आ(आफ्नो ठाउँबाट योगदान पुऱ्याउनुपर्छ भनेर सबैको हौसला बढाए ।

कार्यक्रममा उनले आयुर्वेदसम्बन्धि केही सामान्य जानकारी उपस्थित व्यक्तिका सामु प्रस्तुत गरे । ज्ञानसभाका अध्यक्ष, युवासन्त एवं महेश संन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपालका एकमात्र महामण्डलेश्वर आत्मानन्द गिरि, कृष्णानन्द सरस्वती, प्रा. शिवगोपाल रिसाल, पूर्वगृहसचिव शरद् भट्टराई लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।