तस्विरहरु

हिँमपातमा यसरी रमाउछन् काठमाण्डौ उपत्यकाबासी (फोटो फिचर)

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आजपनि बुधबारबाट शुरु भएको सिमसिम बर्षा अन्त्य भएको छैन । काठमाण्डौ वरिपरिका चन्द्रागिरी, फुल्चौकी, किर्तिपुर, चोभार, शिभपुरी लगायतका स्थानमा आज हिह्उ समेत परेको छ ।

काठमाण्डौ बाहिर चिसो र हिँउले जनजिवन कस्टकर भएपनि उपत्यकामा भने शनिबार भएर सरकारी बिदा समेत परेकोले रमाईलो समेत भएको छ । युवायुवतीहरु नजिकैको हिँउ परेको स्थानमा गएर रमाईलो गरिरहेका छन् भने कतिपय सामाजिक सञ्जालमा पोष्ट गरेर आनन्द लिइरहेका भेटिन्छन् ।

मौषम विज्ञान बिभागका अनुसार आज सम्म पश्चिमी वायुको प्रभावका कारण चिसो बढ्ने छ र आईतबारबाट आकास खुल्नेछ । बिभिन्न ब्यक्तीले सामाजिक सञ्जालमा राखेका रमणीय तस्विरहरु