समाचार

न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि गर्न प्रतिबद्ध छुः प्रधानन्यायधीश जबरा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकाप्रतिको जनआस्थालाई अभिवृद्धि गर्ने कार्यमा आफू प्रतिबद्ध रहेकोे बताएका छन् ।

राष्ट्रिय न्यायिक प्रतिष्ठान र कानून समाजले आज संयुक्त रुपमा आयोजना गरेको ‘संवैधानिक इजलासको प्रभावकारिता विषयक’ कार्यक्रममा न्याय सम्पादन गर्ने कार्यमा केही सयमदेखि धर्मराउन पुगेको न्यायपालिकाप्रतिका जनआस्थालाई अभिवृद्धि गर्ने काममा लागेको बताएका हुन् । प्रधानन्यायाधीश राणाले संविधान कार्यान्वयनमा ठोस योगदान दिने र न्याय सम्पादनलाई छिटोछरितो र पारदर्र्शी बनाउन प्रभावकारी तरिकाले काम गरिरहेको स्पष्ट पारे ।

उनले संवैधानिक इजलासमा संविधानसँग बाँझिएका विवादहरु सुनुवाइ हुने भएकाले संविधानले व्यवस्था गरेअनुरुप आफूले क्रियाशील तरिकाले अगाडि बढाइरहेको जानकारी दिए । प्रधानन्यायाधीश जबराले आम नागरिक र न्यायपालिका बाहिरको क्षेत्रले संविधानको कार्यान्वयन, सुशासनको प्रवर्धन र न्यायपूर्ण समाज निर्माणमा न्यायपालिकाबाट ठोस योगदानको अपेक्षाअनुरुप आफूले काम गर्ने विश्वास व्यक्त गरे ।

नेपालको संविधान जारी भएपछि सर्वोच्च अदालतमा संवैधानिक इजलास सञ्चालनमा आएको तीन वर्ष भएको छ । अहिले संवैधानिक इजलासमा करीब २०० मुद्दा छन् ।