समाचार

पोखरामा गाडी जलाएको आरोप लागेका नेबिसंघ नेताहरु रिहा

पोखरा । गाडी जलाएको आरोपमा प्रहरीले मुद्धा चलाएका तीन बिद्यार्थी नेताहरु साधारण तारेखमा छुटेका छन् । नेबिसंघ, काँग्रेस लगायतले बिरोध जनाउदै आएको उक्त घटनालाई किनारा लगाउदै जिल्ला अदालत कास्कीले उनीहरुलाई आज साधारण तारेखमा छाडेको हो । परशुराम बस्नेत, विनय पौडेल, डिफान भुजेल लगायत नेताहरुलाई माघ १९ गते पक्राउ गरी २४ गते मुद्धा चलाएको थियो ।

काजीबहादुर राई ईजलासले २ बेखी ५ बर्ष सम्म जेल र३० देखी ५० हजारजरिवानाको माग गर्दै सरकारी वकीलको कार्यालयले दाबी गरेको मुद्धामा उक्त दाबी गरेको छ ।

विद्यार्थीका तर्फबाट वरिष्ठ अधिवक्ता विश्व घिमिरे, अधिवक्ता विष्णु कुशल भुजेल, रामचन्द्र त्रिपाठी, फणीन्द्र कोइराला, रोहितराज बास्तोला, विष्णु मरासैनी, मुकुन्द अर्याल, जगन्नाथ ढकालले बहस गरेका थिए ।
पोखरा महानगरपालीकाको गाडी जलाएको बिषय राजनीतिक रुपमा ब्यापक बिबादमा आएको थियो ।