पु.समाचार

प्रहरीकै अगाडी घिमिरेलाई तरबार प्रहार गर्ने बस्नेत पक्राउ

रत्ननगर । यही माघ १० गते पूर्वी चितवनको रत्ननगरपालिका–९ स्थित सौरहा जाने बाटोमा प्रहरीकै अगाडि एक युवकलाई तरबार प्रहार गर्ने सञ्जीत बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टाँडीको प्रहरी टोलीले स्थानीय किरण घिमिरेलाई तरबार प्रहार गरेकै अवस्थामा १९ वर्षीय बस्नेतलाई तीन फिट १० इञ्चको तरबारसहित पक्राउ गरेको इप्रकाका प्रमुख दयानिधि ज्ञवालीले जानकारी दिए ।

पुरानो झैँझगडा र रिसिइबीले तरबार प्रहार गरेको देखिएको उनले जानकारी दिए । बस्नेतले प्रहार गरेको तरबार घिमिरेलाई नलागी मोटरसाइकलमा लागेको प्रहरीले जनाएको छ । बस्नेतले लामो समयदेखि स्थानीयवासीलाई डरधम्की र तर्साउने कार्य गर्दै आएको बताइएको छ ।