समाचार

इपिजी प्रतिवेदन तयार हुनु नेपाल र भारतका लागि ठूलो उपलब्धि होः राजदूत आचार्य

काठमाडौँ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) गठन भइ द्विपक्षीय सम्बन्धमा गहन प्रतिवेदन तयार हुनु सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन् ।

आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा राजदूत आचार्यले विगतका कुराबाट दुवै देशले पाठ सिकेर अघि बढ्नुपर्ने बताए । “विगतका विभिन्न राजनीतिक दलका प्रतिनिधि नेपालमा प्रधानमन्त्री हुँदा भारत र नेपालबीच कस्तो सम्बन्ध थियो र अब कस्तो सम्बन्ध हुनुपर्छ भन्ने प्रतिवेदन नै इपिजी प्रतिवेदन हो”, उनले भने । इपिजीको प्रतिवेदन आइसकेपछि कसरी कार्यान्वयन गर्ने भन्ने कुरा दुई देशका सरकारमा निर्भर रहने उनले प्रष्ट्याए ।

इपिजीको प्रतिवेदन अलपत्र नै पो पर्ने हो कि भन्ने प्रश्नमा उनले अब दुवै देशले शङ्काबाट नभई धै¥यतापूर्वक अघि बढ्नुपर्ने औँल्याए । नेपालमा भारतको व्यापार घाटा कम गर्न पर्यटन प्रवर्धन गर्दै सद्भावका आधारमा अघि बढ्नु आवश्यक रहेको उनले बताए ।