बाग्मती

‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ लामिछाने र खत्रीलाई

काठमाडौँ । राष्ट्रिय समाचार समिति ९रासस० कर्मचारी सङ्घले हरेक वर्ष प्रदान गर्दै आएको ‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ यस वर्ष समितिका अन्तर्राष्ट्रिय समाचार सम्पादन शाखाप्रमुख सोमनाथ लामिछाने र सङ्घका पूर्वअध्यक्ष केशव खत्रीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सङ्घको बुधबार बसेको बैठकले उक्त पुरस्कार उहाँहरुलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष मनोजकुमार लामिछानेले जानकारी दिए । पुरस्कारको राशि जनही रू पाँच हजार एक र सम्मानपत्र रहेको छ ।

सम्पादक लामिछाने विगत २४ वर्षदेखि राससमा समाचार सङ्कलन, समाचार सम्पादन र प्रशासन प्रमुख भई सेवा गरिसकेको भने चालक खत्री २३ वर्षदेखि सवारी चालकको रुपमा कार्यरत छन् ।

उक्त पुरस्कार राससको आगामी फागुन ७ गते ५८ औँ वार्षिकोत्सवको अवसरमा प्रदान गरिनेछ । राससमा लामो समय सेवा गरेका यात्रीको स्मृतिमा रासस कर्मचारी सङ्घले २०६६ सालमा उक्त पुरस्कार स्थापना गरेको थियो ।