मनोरञ्जन

पोखरा घुम्न आएका मनोज कुमार र मेलिशालाई समयले यस्तो बनायो (भिडियो)

काण्माण्डौ । पछिल्लो पुस्ताका गायक तथा सर्जक अल्बिन थापामगरको नयाँ गीत बजारमा आएको छ । ‘हे गोरी’ मार्फत चर्चामा आएका युवा गायक अल्बिन थापाको समयलाई फलानो क्रियशनले बजारमा ल्याएको हो भने सङ्स नेपालको आधिकारी यूट्यूब च्यानलबाट सार्वजिनक गरिएको हो ।
भिडियोको अधिकाँश दृश्य फेवा तालमा छायंकन गरिएको छ । पोखरा घुम्न आएका जोडिको बिषयबस्तुमाथी भिडियो बनेको निर्देशक तथा सिनेमाटोग्राफर सरोज अधिकारीले बताए । अधिकारीका अनुसार मनोज कुमारले मेलिशा खतिवडालाई पोखरा घुम्न ल्याउँछन्, फेवा ताल वरिपरीको दृश्यलाई भिडियोमा देख्न सकिन्छ ।
भिडियोका कलाकार मनोज कुमारले गीत मन परेर नै आफूले अभिनय गरेको बताए । धेरै भिडियोमा अनुभव बटुलेकी मेलिशासंग काम गर्दा आफुलाई झन यो क्षेत्रमा उत्साहीत बनाएको प्रतिकृया दिए । भिडियोमा अल्बिन थापा मगरको शब्द, कम्पोज र आवाज रहको छ भने सुबास अम्गाईको सम्पादन, सरोज अधिकारीको छायंकन तथा निर्देशन रहेको छ ।