राजनीति

पोखरामा पक्राउ परेका नेबिसंघका कार्यकर्ता तत्काल रिहाई गर्न काँग्रेसको चेतावनी

काठमाण्डौ । नेपाली कांग्रेसले पोखरामा भएको बिरोध प्रदर्शनमा पक्राउ परेका तीन जना बिद्यार्थीलाई तत्काल रिहाई गर्न माग गरेको छ । आज सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसमिति बैठकले २१ गतेको आन्दोलमा साथ दिनै ७७ वटै जिल्लाका सभापति लगायत सबै नेता कार्यकर्तालाई धन्यबाद दिँदै पक्राउ परेका कार्यकर्ताहरुलाई तत्काल रिहई गर्न माग गरेको छ । नेविसंघका नेताहरु पक्राउ परेको घटनालाई काँग्रेसले गम्भीर रुपमा लिएको बताउँदै धनुषामा भएको कम्युनिष्ट पार्टीका कार्यकर्ता उमेश कपाडीमाथीको आक्रमणलाई समेत भत्शर्ना गरेको छ । काँग्रेसले एक विज्ञप्ती जारी गर्दै भनेको छः

बैठकको निर्णय देहाय बमोजिम रहेको छ—
१० माघ २१ गते राष्ट्रव्यापी प्रदर्शनमा भएको लाखौंको सहभागितालाई आभार प्रकट गर्दै छोटो समयमा भव्य प्रदर्शन अयोजना गर्ने सबै जिल्लाको पार्टी पंक्तिलाई बैठकले बधाई ज्ञापन गरेको छ । प्रदर्शनको समाचार व्यापक रुपले सम्प्रेषण गर्ने सबै संचार माध्यमलाई पनि बैठकले धन्यवाद ज्ञापन गरेको छ ।

२ं० पोखरा र धनुषाको घटना बारे
९क० सरकारका जनविरोधी कदमहरुका विरुद्ध गरिने कुनै पनि कार्यक्रम शान्तिपूर्ण ढंगले गरिनु पर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ । तर शान्तिपूर्ण प्रदर्शनका क्रममा कतिपय दुःखद घटना पनि हामी कहाँ वर्षौ देखि हुँदै आएका छन् । तर तिनै निश्चित कुनै घटनालाई आधार मानेर नेपाल विद्यार्थी संघका परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई हालै पोखरामा फौजदारी मुद्दा लगाउने विषयलाई हामीले गम्भीर रुपले लिएका छौं । अतः गिरफ्तार विद्यार्थीहरुलाई तत्काल रिहाई गर्न यो बैठक सरकार समक्ष माग गर्दछ ।
९ख० माघ २१ गतेको प्रदर्शन सकिए पश्चात धनुषा, सवैला नगरपालिका वडा नं। १० खरियानी टोलका पार्टी सदस्य उमेश कापडीलाई कम्युनिष्ट पार्टीका केही कार्यकर्ताले गरेको सांघातिक हमलालाई बैठकले गम्भीरतापूर्वक लिएको छ । जनकपुरमा प्राथमिक उपचार पश्चात हाल उनको उपचार विराटनगरमा भइरहेको छ । तत्काल जाहेरी दर्ता गरी दोषी माथि कार्वाही गर्न बैठक सरकार समक्ष माग गर्दछ ।

आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु— कृष्णप्रसाद सिटौला, महेश आचार्य, बालकृष्ण खाँण, डा नारायण खड्का, डा। मिनेन्द्र रिजाल, आनन्दप्रसाद ढुंगाना र मोहनबहादुर बस्नेतले आफ्नो धारणा राखेका थिए । केन्द्रीय कार्यसमितिको बैठक माघ २४ गते विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने समेत जनाईएको छ ।