आर्थिक

युनाइटेड ट्रेडर्स सिन्डिकेटद्वारा “तेह्रौं टोयोटा ड्रिम कार कन्टेस्ट“ पुरस्कार

काठमाण्डौ । युनाइटेड ट्रेडर्स सिन्डिकेट – विश्व प्रशिद्ध सवारी उत्पादक टोयोटाको नेपालकै एकमात्र अधिकृत बिक्रेता – द्वारा यही माघ १३, २०७५ गतेका दिन आफ्नो “टोयोटा ड्रिम कार कन्टेस्ट – राष्ट्रिय कन्टेस्ट“ को बिजेताको नाम सार्वजनिक गर्न पुरस्कार समारोहको आयोजना गरेको छ । भोइथ कम्प्लेक्समा हुन गइ रहेको सो समारोहमा श्रेणीगत रुपमा उपहार र पुरस्कार वितरण र हस्तान्तरण गर्ने भएको छ ।

यही नोभेम्बर २०१८ देखि फेब्रुअरी २०१९ सम्म संचालित सो प्रतियोगितामा ९०० भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगितामा प्रवेश भएका सहभागीहरु मध्य, हरेक चरणका ३ उत्कृष्ट बिजेताहरुलाइ छनौट गरि जापानमा हुन गइ रहेको विश्व प्रतियोगितामा सहभागि गराइने भएको छ ।

यस प्रतियोगिताले विश्वव्यापक रुपमा हरेक उमेरका बालबालिकाहरुको कला र प्रतिभालाइ चित्रण गरि भबिष्यको सवारी उत्पादनमा नयाँ स्वोरुप दिन सकिने हिसाबले सो प्रतियोगिताको आयोजना गरिएको हो । हरेक आविष्कार सपनाको अद्भुत स्वोरुप हो (एभ्री ग्रेट आइडिया वाज बोर्न इन दि ग्लिमर अफ अ ड्रिम), यस मूल मन्त्रलाइ आत्मसाथ गरि टोयोटाले आफ्नो हरेक उताप्दनलाइ नयाँ उचाइ तर्फ लग्ने र यस्ता प्रतियोगिताले अझ आउने पिढीलाइ प्रोत्शाहन र प्रेरणा गर्नेमा टोयोटा बिश्वस्त रहेको छ ।

सन् २००४ देखि थालनी गरिएको यस प्रतियोगिताले हाल २०१८ सम्म करिब ७६ देशहरुबाट अनुमानित ६५ हजार भन्दा धेरैलाइ रुचिपूर्ण ढंगले संचालन गर्न सफल रहदै आएको छ । यस्ता कला प्रतियोगिताले सामाजिक विकास र सकारात्मक अवसरहरुको बातावरण सिर्जना गर्ने कम्पनिको उदेश्य रहेको छ ।