आर्थिक

शेयर बजार सात बिन्दुले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.३८ बिन्दुले घटेर एक हजार १३९.७२ बिन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ बिन्दुले घटेर २४२.५० बिन्दुमा झरेको छ । आज कूल १६७ कम्पनीको सात लाख ४६ हजार ९४६ कित्ता शेयर रु २३ करोड ५६ लाख ३६ हजार ८५९ मूल्यमा खरीद बिक्री भए ।

आज कारोवार भएका कूल ११ उपसमूह सबैको शेयर घटेको छ । बैंकिङ ५.८४, व्यापार ०.१७, होटल १३.९, विकास बैंक २.३८, जलविद्युत् १५.५, वित्त ४.१९, निर्जीवन बीमा २७.५४, उत्पादन २५.४८, अन्य ३.४८, लघुवित्त १०.३८ र जीवन बीमा ४६.९५ बिन्दुले घटेको छ ।

घटेको बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९७ बिन्दुले कमाएका छन् । यस्तै चौतारी लघुवित्त वित्तीय संस्था ४.८१, बरुण हाइड्रोपावर तीन प्रतिशत, सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.४५ प्रतिशतले कमाएका छन् ।

यस्तै ग्लोबल आइएमइ समुन्नति स्किम ४।८१, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था ४.४१, ङादी ग्रुप अफ पावर ३.८४, नबिल इक्विटी फण्ड ३.७३, राधी विद्युत् कम्पनीका शेयरधनीले ३.५९ प्रतिशतले गुमाएका छन् ।
–––