आर्थिक

सानिमा बैंकको शाखा अब कान्तिपथ र गठ्ठाघरमा

काठमाण्डौ । सानिमा बैंकले बुधबार माकाठमाण्डौंको कान्तिपथ र भक्तपुरको गठ्ठाघरमा ७५ र ७६ औं शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवाबिस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमाबैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा संयुक्त रुपमा भएको छ ।
समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्तगर्दै समस्त ग्राहक वर्गको थप सेवातथा सुविधाका लागि सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए । त्यसै गरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्तगर्दै कान्तिपथ र गठ्ठाघर शाखाहरुबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । समुद्घाटन समारोहमा मह जोडीले कान्तिपथ र गठ्ठाघरमा सानिमा बैंक संचालनमा आएकोमा कान्तिपथ र गठ्ठाघरवासीहरुलाई बधाईको साथै बैंकलाई समेतबधाई ज्ञापन गर्दै सानिमाको सफलतातथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरेका छन्।

सानिमा बैंकको उक्त शाखा समेतगरी हालसम्म ७६ वटाशाखा संजाल तथा ७२ वटा ए.टि.एम. रहेका छन् ।