पर्यटन/संस्कृति

पर्यटन प्रवद्र्धन गर्न ‘रिभर गाइड’ तालीम

काठमाडौँ । साहसिक जलयात्रा गर्नका लागि कर्णाली नदीमा ‘रिभर गाइड’ तालीम थालिएको छ । नेपाल एशोसियशन अफ ¥याफ्टिङ ९नारा०को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्धनात्मक सहकार्यमा मङ्गलबारदेखि तीन दिनको सो तालीम सञ्चालन गरिएको हो । नेपालको पर्यटन उद्योगको एउटा महत्वपूर्ण विधाको रुपमा स्थापित साहसिक जलयात्रा व्यवसायलाई आवश्यक दक्ष रिभर गाइड सबै प्रदेशमा उत्पादन गर्ने उद्देश्यले उक्त तालीमको आयोजना गरिएको नाराका महासचिव शिव अधिकारीले जानकारी दिए ।

त्रिशुली, भोटेकोशी, कर्णाली, कोशी र नारायणी साहसिक जलयात्राका लागि महत्वपूर्ण नदीका रुपमा मानिन्छन् । पर्यटन वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन उक्त अभियानले सहयोग पुग्नेछ । दक्ष रिभर गाइड उत्पादनका लागि प्रत्येक प्रदेशमा जलयात्रा तालीम सञ्चालन गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले बताए । निःशुल्क रुपमा प्रदान गरिने सो तालीमले बेरोजगार युवालाई पर्यटन उद्योगमा आवद्ध हुन सहयोग पुग्ने विश्वास नाराको छ ।