राजनीति

हास्य कलाकारले स्टेडीयम बनाउनु र प्रधानमन्त्रीले हंसाउनु मुलुकका लागि बिडम्बना: नेता गुरुगं

काठमाण्डौ । काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुगंले धुर्मुश सुन्तली फाउण्डेशनले स्टेडियम बनाउने जिम्मा लिने दुईतिहाई मतका धनी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली हंसाउने कुरााई ब्यग्यात्मक रुपमा विडम्बना भनेका छन् ।

अर्जुनचौपारी गापा-२ लामडाँडा स्याङ्गजाको कार्यक्रममा बोल्दै युवा नेता गुरुगंले ‘स्टेडियम बनाउने जिम्मा हास्य कलाकारहरुको र हसाउने जिम्मा प्रधानमन्त्रीको भएपछि यो भन्दा बिडम्बना के हुन सक्छ?’ भन्दै जनतासंग तर्क गरेका छन् । वाईडबडीको भ्रष्टाचार बिरुद्ध खरो उत्रिएका नेता गुरुगंले घुमाउरो पारामा ठूला ठूला गफ गर्ने तर काम भने सिन्को पनि नभाँच्ने प्रधानमन्त्री ओलीको आलोचना गरेका हुन् ।

प्रधानमनत्री हुंदा तुईन हटाउने घोषणा गरेपनि लगत्तै हावाबाट बिजुली, रेल सररर, चाईनाबाट पेट्रोलीयम ढुवानी जस्ता गफ दिए भने निर्मला पन्तको बलात्कार र हत्या, वाईडबडी बुढी गण्डकी जस्ता बिबादहरुलाई निराकरण गर्न सकेका छैनन् ।