राजनीति

अध्यक्ष महरसहित नेबिसंघका नेतालाई थुनेपछि ओली सरकारबिरुद्ध काँग्रेस आक्रोशित, बिना शर्त रिहाई गर्न चेतावनी

काठमाण्डौ । नेपाली काँग्रेसले आफ्नो विद्यार्थी भातृसंगठनका अध्यक्ष नैनसिंह महरसहित बिद्यार्थीहरुलाई शानतीपूर्ण प्रदर्शन गरेको अवस्थामा सरकारले पक्राउ गरेको घटनाको चेतावनीसाथ बिरोध गरेको छ । आज काठमाण्डौमा भएको नेबिसंघको बिरोध प्रदर्शनमा अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष नविन राई लगायत विद्यार्थी नेताहरु प्रहरीद्वारा पक्राउ परेपछि माउ पार्टी काँग्रेस नेकपा अध्यक्ष ओली सरकारसंग कु्रद्ध देखिएको छ ।

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक बिज्ञप्ती जारी गर्दै अधिनायकवाद उन्मुख वर्तमान कम्युनिष्ट सरकारको असक्षमताका कारण मुलुकमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार, महंगी, चरम भ्रष्टाचारका अतिरिक्त संविधान, संघीयता र संसदीय व्यवस्थाको मर्म र भावना विपरीतका क्रियाकलापहरुको विरुद्धमा नेपाल विद्यार्थी संघले देशव्यापी रुपमा आन्दोलन गरिरहेको र यसै क्रममा पोखरामा भएको विरोध प्रदर्शनमा विद्यार्थी नेताहरु परसुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई झुट्टा मुद्दामा फसाएर थुनामा राखेको घटनालाई लिएर सरकारको विरोध गर्दै गिरफ्तार विद्यार्थी नेताहरुको रिहाईको माग गर्दै वानेश्वरमा गरिएको शान्तिपूर्ण आजको प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष नवीन राई, विदेश सल्लाकार डम्वर सुनार, केन्द्रीय सदस्य प्रेम शाही, युनिभर्सल क्याम्पस इकाईका अध्यक्ष शंकर खड्का, मिनभवन क्याम्पसका पूर्व इकाई अध्यक्ष सरोज तिमिल्सिना, जनआर्दश क्याम्पसका स्ववियु सभापति निराजन नेपाल, आरआर क्याम्पसका पूर्व इकाई अध्यक्ष सञ्जिव ढकाल र पूर्व कोषाध्यक्ष रविन के.सी., सञ्जिव खड्का, सागर पाण्डे, हृदयराज मिश्र, सुनिल सोडारी, तपेन्द्र बुढा, सुवास अधिकारी, सुरज शैजुवाल, अशोक सिंह विष्ट, अनुराग शाह, जेम सिंह राई, रोहित नेपाललाई महेन्द्र पुलिस क्लव, महानगरीय प्रहरी वृत गौशाला र अनामनगरमा राखिएको जानकारी दिएका छन् । पौडेलले पोखरामा भएको आजको प्रदर्शनमा नेविसंघका केन्द्रीय सदस्य भानु ढकाल, सागर सापकोटा, गोविन्द नेपाली, विधान लामिछाने लगायतका विद्यार्थी नेताहरुलाई गिरफ्तार गरिएको समेत जनाएका छन् ।

विज्ञप्तीमा शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार माथि वर्तमान सरकारले ठाडो हस्तक्षेप गरेको छ । यस घटनाले सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्र उदाङ्गो बनाएको र यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दै गिरफ्तार गरिएका सबै विद्यार्थी नेताहरुको तुरुन्त रिहाई गर्न नेपाली कांग्रेस सरकारलाई चेतावनीका साथ आग्रह गर्दछ, भनेका छन् ।