अन्तर्राष्ट्रिय

पेरिसमा भएको आगलागीमा आठ जनाको मृत्यु

पेरिस । फ्रान्सको राजधानी शहर पेरिसको एक भवनमा भएको आगलागीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अग्नि नियन्त्रण सेवाले आगलागी निकै भयानक रहेकाले नियन्त्रणमा लिन कठिन भइरहेको जनाएको छ । आगलागीबाट मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का अधिकारीहरुको भनाई छ ।

यस आगलागीमा परी तीन अग्नि नियन्त्रकसहित २७ व्यक्ति घाइते भएका छन् । यद्यपी घाइतेहरुको स्थिति भने सामान्य रहेको बताइएको छ ।

आठ तल्ले सो भवन रहेको क्षेत्रमा विदेशी राजदूतावास र फ्रान्सको एक प्रसिद्ध सङ्ग्रहालय रहेको छ । यस आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने प्राप्त हुन सकेको छैन । प्रहरीले आगलागीको घटनामा शङ्कास्पद केही व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ ।