स्वास्थ्य

१५ शय्याको अस्पताल सेवा पु¥याउन आर्थिक अभाव

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै पालिका तहमा १५ शय्याको अस्पताल स्थापना गरी स्वास्थ्य सेवा पु¥याउन आर्थिक अभाव भएको जनाएको छ । “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पाँच वर्षभित्रमा सबै पालिका तहमा विशेषज्ञ सेवासहित १५ शय्याको अस्पताल सेवा पु¥याउने नीति छ तर यसका लागि आवश्यक बजेट अर्थ मन्त्रालयले हालसम्म दिएको छैन”, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले भने ।

शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा राज्यमन्त्री यादवले सो गुनासो गर्दै रकम अभाव हुन नदिन समितिलाई समन्वय गरिदिन आग्रह गरे। उनका अनुसार मन्त्रालयले १०९ पालिकामा स्वास्थ्य संस्थालाई १५ शय्यामा स्तरोन्नति गर्ने निर्णय गरिसकेको छ । बाँकी रहेका पालिकामा पनि आवश्यक गृहकार्य अगाडि बढाइसएिको छ ।

मन्त्रालयको स्थानीय तहअन्तर्गतका सबै वडा तहमा आधारभूत स्वास्थ्य सेवा र पालिका तहमा विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउने नीति रहेको छ । राज्यमन्त्री डा यादवले औषधि खरिदका लागि सार्वजानिक खरिद ऐन समस्याका रूपमा रहेको चर्चा गर्दै ऐन संशोधन गर्न सहयोग पु¥याउन आग्रह समेत गरे । समितिको आजको बैठकमा समितिअन्तर्गत गठित स्वास्थ्य उपसमितिका संयोजक खगराज अधिकारीले आफ्नो प्रतिवेदन समितिका सभापति जयपुरी घर्ती समक्ष हस्तान्तरण गरे ।