आर्थिक

शेयर बजारमा सामान्य सुधार

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य सुधार आएको छ । पछिल्ला केही दिनदेखि लगातार ओरालो लाग्दै आएको बजारमा केही सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २।८३ विन्दुले बढेर एक हजार १४७।१० विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।७४ विन्दुले बढेर २४४।०२ विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढेपनि कारोवार रकम भने घटेको छ । कूल १६३ कम्पनीको सात लाख ३६ हजार ७६९ कित्ता शेयर रु २३ करोड १० लाख २२ हजार २३३ मूल्यमा खरीद बिक्री भएको छ । कारोवार भएका कूल १० उपसमूह मध्ये आज दुई उपसमूहको शेयर घटेको छ । वित्त क्षेत्र ०।९२ र उत्पादन समूह १९।६२ विन्दुले घटेको छ ।

यस्तै बैंकिङ २।३८, होटल १।३१, विकास बैंक ५।३, जलविद्युत् ६।८, निर्जीवन बीमा १२।४३, अन्य २।९६, लघुवित्त ६।७३ र जीवन बीमा ४।७४ विन्दुले बढेका छन् ।  स्टकका अनुसार सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज नौ प्रतिशत कमाएका छन् । बुटवल पावर कम्पनी ५।७१, राधी विद्युत् कम्पनी ५।७०, लक्ष्मी लघुवित्त वित्तीय संस्था ४।९७, आँखु खोला जलविद्युत् कम्पनी ४।९४, चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४ प्रतिशतले कमाएका छन् ।

त्यस्तै पूर्णिमा विकास बैंकका शेयरधनीले ४ प्रतिशतले गुमाउँदा वरुण हाइड्रो पावर ३।८४, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३।७०, नयाँ नेपाल लघुवित्त विकास बैंक २।९४, वेस्ट फाइनान्स कम्पनी २।९४, सेन्ट्रल फाइनान्स कम्पनीका शेयरधनीले २।६५ प्रतिशतले गुमाएका छन् ।