समाचार

प्रहरी अप्रेशनः ३३ किलो सुन काण्डको अभियोगमा हरि खड्का यूएईबाट पक्राउ

काठमाण्डौ । चर्चित ३३ किलो सुन काण्डमा आरोप लागेका शरिशरण खड्का यूएईबाट पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार १२ बर्षदेखी कामको सिलसिलामा यूएई बस्दै आएका ४० बर्षीया खड्का पछिल्लो समयमा चुडामडी खड्का गोरेसंग मिलेर सुन ओसारपसारमा सकृय थिए ।

सुन तस्करिमा केही पक्राउ परेर अनुसंधान भएपनि अझै मोहनकुमार अग्रवाल, गोविन्दप्रसाद तिवारी, टुकबहादुर मगर, भोजराज भण्डारी, रोहित आचार्य, चेतनाथ भण्डारी, कृष्ण बस्नेत, कृष्ण गोपाल अग्रवाल र मोहमद उस्ताम मियाँ परार रहेको छानबिन समितिको रिोर्टले जनाएको छ ।

नाम रामशरण भनिएपनि बोलाउयने नाम भने हरि भएको समेत प्रहरीले जनाएको छ । खड्कालाई प्रहरीको रेडकर्नर नोटिसका आधारमा केहीदिन अगाडि यूएई प्रहरीले प्रकाउ गरेको हो ।