राजनीति

प्रधानमन्त्री ओलीलाई ‘केपी चोर देश छोड’ भन्दै नेविसंघद्वारा राजीनामा माग

काठमाण्डौ । नेविसंघले ओली सरकार बिरुद्ध आन्दोलन गरेको छ । देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्दै ओली सरकार माफिया सरकारको आरोप लगाउदै केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । ओली सरकार, माफिया भएको, प्रहरीले शान्तीपूर्ण आन्दोलनमा हस्तक्षेप गरेको, बलात्कारीलाई कारबाही गर्न नसकेको आरोप लगाएका छन् । नेविसंघका नेताहरुले प्रधानमन्त्री ओलीलाई ‘केपी चोर देश छोड’ जस्ता नाराहरु लगाउदै पोखरामा पक्राउ परेका कार्यकर्ता रिहाई गर्न माग गरेका थिए ।
काठमाण्डौमा अध्यक्ष महरसहितका नेताहरु बिरोध प्रदर्शनमा भाग लिएका थिए । पोखरामा सरकारी गाडी जलाएको आरोपमा विद्यार्थी नेताहरुलाई मुद्धा लगाई कारबाहीको लागि प्रशासनले तयारी गरेपछि नेबिसंघ उक्त प्रकृयाबिरुद्ध सडक आन्दोलनमा देखिएको छ । अध्यक्ष महर, महामन्त्री कुन्दन काफ्ले, उपाध्यक्ष नविन राई लगायतका नेताहरु आन्दोलनका क्रममा पक्राउ परेका छन् ।