राजनीति

ओली सरकारका गतिविधि अमानवीय – उपसभापति निधि

जनकपुरधाम । नेपाली काङ्गे्रसका उपसभापति विमलेन्द्र निधिले केपी ओली सरकारका गतिविधि अमानवीय खालको भएको आरोप लगाएका छन् ।

काङ्गे्रस धनुषाद्वारा आज जनकपुरधाममा आयोजित विरोध प्रदर्शन सभामा उपसभापति निधिले सरकार जनता, लोकतन्त्र, सङ्घीयता, समावेशी र संविधान विरोधी भएको जिकिर गरे । साथै सरकारले अपराध, हत्या, हिंसा भ्रष्टाचार, महँगी नियन्त्रण गर्न नसकेको समेत आरोप लगाए।

उहाँले संवैधानिक परिषद्मा पनि एकलौटी गरेका कारण यसको निर्णयको छलफललाई काङ्गे्रसले बहिष्कार गरेको धारणा राखे । सो दलका केन्द्रीय सदस्य महेन्द्र यादवले सरकारले संविधान संशोधन कार्य अहिलेसम्म नगरी मधेशी जनतालाई ठग्ने कार्य गरिरहेको बताए । जिल्ला सभापति महेशशङ्कर गिरीको सभापतित्वमा भएको सो सभामा पूर्वमन्त्री रामकृष्ण यादव र जिल्ला उपसभापति सन्तोष यादवले सरकारले जनतालाई उपेक्षा गरी तानाशाही लाद्ने कार्य गरिरहेको धारणा राए ।