समाचार

सङ्घीयता असफल बनाउने संयन्त्र भयोः प्रवक्ता शर्मा

चितवन । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सङ्घीयतालाई असफल बनाउने षडयन्त्र भइरहेको बताएका छन् । काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको विरोध प्रदर्शनमा उनले अहिले लोकतन्त्र, सङ्घीयतालाई असफल र अलोकप्रिय बनाउने खतरा बढेको बताएका छन् ।

प्रदेश सरकारको नामाकरण गर्न र राजधानी तोक्ने विषयमा सरकारले समन्वय गर्न नसकेको उनले बताए । प्रदेश सरकारलाई दिइने अधिकारका विषयमा पनि केन्द्रीय सरकारले अहिलेसम्म निर्णय गर्न नसक्दा सङ्घीयता असफल बनाउने खतरा बढेको उनको भनाइ थियो ।