आर्थिक

आइएमई लाइफइन्स्योरेन्स र कञ्चनविकास बैंकबीच बैंक अस्योरेन्स सम्झौता

काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी र कञ्चनविकास बैंक महेन्द्रनगरबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सूदुर पश्चिम प्रदेश प्रमुख सुमन तिमिल्सीना र कञ्चनविकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विरुराम जैशीले हस्ताक्षर गरेका छन् ।

सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले कञ्चन विकास बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नु हुनेछ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले हाल ६७ भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आइ रहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षा वरण, नगद फिर्ता तथा आजिवनलगायतका बीमा योजनाहरू ल्याएको छ । आइ.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीको मुख्य उद्देश्य न्यूनभन्दा न्यूनआय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गरेको बताएको छ ।