तस्विरहरु

काँग्रेसले ७७ वटै जिल्लामा ओली सरकार बिरुद्ध गर्यो भीषण प्रदर्शन (फोटो फिचर)

काठमाण्डौ । नेपाली काँग्रेसले ७७ वटै जिल्लामा आज नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बिरुद्ध प्रदर्शन गरेको छ । नेपाली काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शसाँक कोईराला, युवा नेता गगन कुमार थापा लगायत काँग्रेसका अधिकाँस केन्द्रीय सदस्यहरु  देशभर सम्बोधनका लागि खटिएका छन् ।
काठमाण्डौमा दिउँसो ३.०० बजे शान्तीबाटिकामा बिरोध प्रदर्शन भएको छ । काठमाण्डौको कार्यक्रममा प्रमुख वक्ताका रुपमा पुर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य नबिन्दराज जोशी, भीमसेनदास प्रधान, राजेन्द्र केसी लगायतले सम्बोधन गरेका छन्, तनहुंमा बरिष्ठ नेता रामचन्द्र पौडेल, पोखराका लागि युवा नेता गगन कुमार थापाले सम्बोधन गरेका छन् ।