गण्डकी प्रदेश

खानेपानी निर्माण शुरु

हेटौँडा । सामुदायिक विकास केन्द्र नेपालको सहयोगमा थाहा नगरपालिकामा रु दुई करोड ५६ लाखको लागतमा खानेपानी आयोजना निर्माण शुरु गरिएको छ ।

सो आयोजनाअन्तर्गत पानी ट्याङकीका साथै ६८८ धारा निर्माण गरिने जानकारी दिँदै केन्द्रका संयोजक सन्तोष ढकालले नगरपालिकाको वडा नं १० का बासिन्दाले झेल्दै आएको खानेपानी समस्या यस आयोजनाबाट समाधान हुने बताए ।

आयोजना निर्माणका लागि १० प्रतिशत रकम स्थानीय तहले व्योहर्ने कार्यक्रमअन्तर्गत वडा नम्बर १० बाट रु १५ लाख विनियोजन भएको छ । खानेपानीका लागि उक्त वडाको फिसिङखेलको धारा चौउरमा बोरिङ गरी खानेपानी निकालिने र धारामा मिटर जडान पानी वितरण जनाइएको छ ।विसं २०७२ को भूकम्पपछि पानीको स्रोत सुक्दै गएकाले खानेपानीको समस्या बड्दै गएको वडाध्यक्ष हीराबहादुर गमालले बताए ।