खेलकुद

कराते खेलाडी सम्मानित

काठमाडौँ । खेलकूद क्षेत्रको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पु¥याएवापत करातेका राष्ट्रिय खेलाडी बिप्लब लाल श्रेष्ठलाई आज यहाँ नगद पुरस्कारसहित सम्मान गरेको छ ।

हाईड एण्ड सिक किन्डर गार्डेन स्कुल वनस्थलीले आफ्नो वार्षिक खेलकूद दिवसका अवसरमा आयोजित कार्यक्रममा सो स्कुलका प्रधानाध्यापक कुमद भट्ट र खेलकूद प्रशिक्षक हरिबहादुर तामाङले उनलाई रु दश हजार नगदसहित ताम्रपत्रद्वारा सम्मान गरे।

ब्रिटेनको लेसिस्टरमा आयोजना भएको ब्रिटिश कराते च्याम्पियनसिप–२०१८ मा ८४ केजी मुनिको तौल समूहमा उनले रजत पदक प्राप्त गर्न सफल भएका थिए ।