पत्रपत्रिका

शान्ती प्रकृया टुंग्याउन काँग्रेसको भूमिका महत्वपूर्णः वरिष्ठ नेपा खनाल

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई आन्दोलन छोडेर मुलुक निर्माणको अभियानमा जुटन आग्रह गरेका छन् । शान्ती प्रकृया टुंग्याउन काँग्रेसको भूमिका महत्वपूर्ण हुँने हुनाले काँग्रेसले पनि जिम्मेवार हुनेपर्ने नेता खनालले बताए ।

वरिष्ठ नेता खनालले मुलुकको आर्थिक उन्नतिका लागि रचनात्मक काम गर्न छाडेर आन्दोलन गरिरहे कांग्रेस आफैं कमजोर हुँदै जाने चेतावनी दिए । सोमबार स्वतन्त्र विद्यार्थी युनियन, आरआर क्याम्पसले काठमाडौंमा आयोजना गरेको रचनात्मक कार्यक्रममा बोल्दै उनले स्ववियू निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न पनि सरकारसँग माग गरे ।

उनले स्ववियु निर्वाचनपछि धकेल्ने प्रयास नगर्न पनि कांग्रेसलाई सचेत गराए । आफ्नो विद्यार्थी संगठन नेविसंघले हार्ने निश्चित भएपछि कांग्रेसले स्ववियु निर्वाचन फागुन १४ गतेबाट पछि सार्ने प्रस्ताव अघि सारेको वरिष्ठ नेता खनालको दावी छ ।

वरिष्ठ नेता खनालले रचनात्मक ढंगले मुलुकको आर्थिक उन्नतिको काममा केन्द्रित हुन पनि पार्टीका सबै नेता, कार्यकतालाई आग्रह गरे । मुलुकमा राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक उन्नतिको दिशामा केन्द्रित हुने बेला आएको वरिष्ठ नेता खनालको भनाई छ । नयाँ पत्रीकाबाट