विचार/ब्लग

अरुको राम्रो देख्ने अल्पदृष्टिले मानशिक अपाङ्ग हुन पुगेका छौं

डिल्लीराम तिमिल्सिना/ यूरोपमा, १९ औंशताब्दीमा मानबशास्त्र र समाजशास्त्रको शैक्षिक सुरुवातको जरो खोज्नेहो भने, दुइ भिन्न मुलुकहरुबाट दुइ भिन्न परिस्थितिर फरक –फरक उदेस्य बोकेर भएको पाईन्छ। समाजशास्त्रको सुरुवात फ्रान्समा भएको राजनैतिक उथलपुथल र अराजक राज्यब्यबस्थालाई कसरिसंयम पार्न सकिन्छ साथै यूरोपमा भएको भौतिक विज्ञानको ज्ञान, सिधान्तवा अनुसन्धान पद्धतीलाइ समाज विज्ञानमा कसरि प्रयोगगर्न सकिन्छ भन्ने हो र त्यतिबेला बिकशित सामाजिक बिज्ञानहरुले आफ्नै दलिलरडंका पिट्ने अनि खुद्रा कुरागर्ने तर सम्पूर्ण समाजको कुरा नसमेटेको हुनाले पनि समाजशास्त्रको धरातलीय आबस्यकता महसुस भयो। जस्तै, राजनीतिशास्त्रले राजनीतिपक्षको मात्रकुरागर्नाले सम्पूर्ण समाजको समस्या बुझ्ननसक्ने हुनाले सम्पूर्ण अध्ययनको लागि समाजशास्त्रको औचित्य पुस्टि गर्दै, समाजका सम्पूर्ण तत्व जोड्ने हिसाबले ‘अगस्तकोम्त’ को प्रस्तावनाबाट बुझिन्छ। समाजशास्त्रको अध्ययन आफ्नै समाज मिलाउन र आफ्नै समाजको बैज्ञानिक आधार खडागर्न भएको भेटिन्छ।

अर्कोतर्फ बेलायतको औपनिवेशिक राज्यव्यवस्थालाई बलियो बनाउन, बेलायतले खडागरेका उपनिवेशिक देशहरुको कमजोरी पत्तालगाउन र त्यहाँको भाषा, बिबिधता र मौलिकप्रबिधिहरुको ज्ञान आर्जनगर्ने हेतुले मानबशास्त्रको पढाईसुरुवात गरियको भेटिन्छ। त्यसैले होला मनाबशास्त्रलाई ‘उपनिवेशको बच्चा’ भन्ने आरोप लगाउने गरिन्छ। भन्ने गरिन्छ, त्योबेला हरेक बिहान बेलायतकी महारानी भिक्टोरियाले सोध्ने गर्थिन रे, ‘आज हामीले कुन नयाँ मुलुक हात पारेँउ’ ? औपनिवेशिक राज्यहरुको स्वत्रन्त्रतापछि यो बिज्ञान अमेरिकामा निकै लोकप्रिय हुनुले हालसम्म पनि यो बिज्ञान कतिपय हदमा यूरोपकेन्द्रित धारणाहरुभन्दा भिन्न हुन सकेको छैन। यो कुरा प्रस्टछ कि मानबशास्त्र आफ्नोभन्दा अरुको अध्ययन गर्ने बिज्ञान हो। चाहे त्यो एउटै देश भूगोल वा संघ भित्र होस चाहे त्यो अन्तरदेशीय । सुरुका दिनमा आफ्नो संस्कृतिलाई आधार मानेर अरुको संस्कृति (संकृति भन्नालेअरुको समाजको सम्पूर्ण अध्ययन- अध्ययन गर्ने गरिएको भएपनि, अमेरिकन मानबशास्त्रमा आएको सचेतनाले सांस्कृतिक सापेक्षिकतालाई जोड दिएको पाईन्छ।

चर्चागरौँ, नेपालमा मानबशास्त्र वा समाजशास्त्रको पढाई र गतिबिधिके कसरि अगाडी बढेको थियो वा छ। कुनैबेलाको सिल्करुट हुँदा ब्यापारिक हब बनेको नेपालले इतिहासमा पनि विभिन्नखालका बाहिया र आन्तरीक समस्याहरु झेल्दै आएको सर्बबिधितै छ । भारतीयमहादिपमा रहेको औपनिवेशिकसत्ताको आडमा १९२० कोदशकमा भारतमाछिरेको समाजशास्त्र र मानबशास्त्र नेपालमा भने करिब ६ दशकपछि १९८० कोदशकमा बेलायत, भारतहुँदै नेपाल भित्रिएको हो। शुरुमै टुप्पादेखि पलाएर बिस्तारै तल्लोतहसम्म जरागाड्न पुगेको यो विधा, केहिसमय नेपालको बिकाश क्षेत्रमा निकै बिकाउ भएको पाईन्छ। दुइ ठुला राष्ट्रबिचमा एउटा बहुसास्कृतिक, बहुभाषिक, बहुजाति, रबहुधार्मिक तर अनेकतामा पनि एकताको सहृदयी संस्कार बोकेको यो मुलुक एकल जाति, एकल भाषा अनि एकल धर्म अंगाल्ने यूरो-अमेरिकन रास्ट्रहरुको लागि नेपाल एउटा मानबशास्त्रीय प्रयोगशाला हो। भारत बर्षमा प्रवेश भएका बिदेशीहरु बेलाबेलामा नेपालमा घुसे र नेपालको छिटपुट अध्ययन गर्नेगरेको देखिन्छ। पहिले( पहिले धार्मिक , भासिक र राजनैतिकरुपमा प्रवेशगरि डायरी , भ्रमणलेख , र लेख आलेखले ख्नेगरेकै थिए। जेजसो भएपनि सन् १९५० पछि एकातर्फ नेपाली जनताले प्रजातन्त्रपाएको देखिन्छ भने नेपाल र नेपाली जनतालाई सहयोग गर्ने, बिकाश सिकाउने , शिक्षित बनाउने ब्यक्त अभिलाषाले बिदेशी विभिन्न संस्थाहरु प्रवेशगरेको देखिन्छ। एकातर्फ अमेरिकाको पिसक्रोप्सनामका स्वमसेबकहरु र अर्कोतर्फ़ पूर्वपश्चिमराजमार्ग निर्माणमागर्ने बेलायती सहयोग नियोगका मानिसले नेपालमा मानाबशास्त्र र समाजशास्त्र अध्ययनगर्ने र गराउने पृष्ठभूमि तयारपारेको देखिन्छ। तत्कालिन इनास र अहिलेको सिनासले यी विधाको माऊ संस्थाको काम गरेको हो। १९५० पछि तनेपालमा अध्ययन गर्नेहरुको यस्तो बाढी नै आयोकि करिब २० देखि ३० बर्षसम्ममा प्रायः नेपालका हरेक जातजाति र भाषा समुहकोअध्ययनर अनुसन्धान गरिएको पाइन्छ। भलै उनीहरुको अध्ययनर अनुसन्धानगर्नेतकनिकी, सिद्धान्तर अनुसन्धानपद्धति युरोप् –अमेरिकन दृस्टीकोणबाट गरेका छन्।यी अनुसन्धान गर्नुको औचित्य के थियो, बौद्धिक वा अन्य भन्नु भन्दानी, अनुसन्धानले नेपाली समाज र तत्कालिन राज्यव्यवस्थाहरुलाई कसरि प्रस्तुत गरेको छ भन्ने कुराको मिहिन र बस्तुगत मुल्यांकन हुन बाँकि छ। सरसर्ती हेर्ने हो भने पनि संरचनात्मक प्रकार्यबाद सिद्धान्तलाई भन्दा द्वन्दात्मक, महिलावादी, मार्क्सबादी, भाषागत र अन्य अमेरिका वा बेलायतमा प्रचलितर प्रचलनमा रहेका नमुनाहरु नै प्रयोगगरिएको पाइन्छ। प्रायस् पश्चिमा सिद्धान्तको जगको ढांचा माघृणा, द्वस, व्यक्ति बादिता, बजारमुखी अर्थब्यबस्थामा बढी जोडर अपहेलना छ। भन्न्न खोजेको कुरा के हो भने तत्कालिन बेलायत र अमरिकामा ठुला सिद्धान्तहरुको विचारलाइ पुर्बग्राही मानिएको बेलामा तिनै ठुला सिद्धान्त प्रयोग गरेर हामीमाथि अनुसन्धानदाताले कसरि पूर्वाग्रह साधेका छन् भन्ने कुरा त छँदैछ, बाह्य होइन नेपालकै मानबशास्त्रका संस्थापक मानिने डोरबहादुर बिस्टले हिन्दु धर्म र ब्रामण-क्षेत्रि माथि पोखेको आक्रोशको मुल्यांकन गर्दापनि यो कुराको सजिलै आभाष हुन्छ। ति लेख रचनार अध्ययन अनुसन्धानले नेपाली समाजलाई जोड्ने भन्दा तोड्ने काम नै बढी गरेकोछन्। नेपाली समाज र संस्कृतिमा देखिएको घृणा, अपमान र अन्तरकलहलाई हिङ्गहाल्ने र हाम्रो अन्तरघुलित समाजको जरामा युरिया थप्ने कामले अहिले सतहमा देखिएको बैर-भाब ओकल्न सन्धर्बसामग्रीको भूमिका खेलेकोछ। एउटै राष्ट्रभित्र विभिन्न राज्यव्यवस्था कायम हुनुपर्ने जस्ता अनैतिक र कपोलोकल्पित पश्चिमा विचारलाई अनुसन्धानको निचोडको रुपमा निकाल्ने बिदेसी हुन या बिदेसी दातालाई खुसि पार्दै उनीहरुको डलरमा बिकेर बिकाशबादी बनेका स्वदेशी धुपौरेहरू, यी दुबैले समाजमा पर्ने नैतिक असरलाई बिचार्नै नगरी चिल्लो कागजमा जथाभाबी विचार पोख्ने कामगर्नुले पनि समाज शास्त्रको निम्नतम ईथिक्सपनि नमानेको देखिन्छ। कमसेकम आफ्नो अध्ययनर अनुसन्धानद्वारा प्रदिपादित ज्ञानले समाजमा कस्तो प्रभाब पार्ला भनि आँकलनगर्न नसक्ने पठित ठुलाबढालाइ साक्षर त मान्न सकिएला तर बिध्द्वान भने मानिहाल्ने नैतिक धरातल बाँकि छैन। पुर्बका लिम्बु, राई, शेर्पा, सुनुवार, धिमाल, सतार , मुसहर हुन्यापश्चिमका थारु, धामी, राउटे, जुम्ली, हुम्ली, काइकेवात राइकायादब, झा, मिश्र, तेलीसुधि, काठमाडौँका नेवार, माझी,चेपांग, तामांग, वावरिपरिबस्नेथामी, दनुवारमात्र होइन गण्डकी क्षेत्रका मगर, गुरुङ, दराई, बोटे, कुसुण्डा, शिल्पीसमुह (कामि, दमाई, सार्की, चमार, आदि) सबै सबैको अध्ययन र अनुसन्धान विभिन्न दृस्टी र नमुनाको प्रयोगगरि भएकोछ। खोइ किन हो हिन्दुधर्म र ब्राह्मण र छेत्रीमाथि तेतीधेरै अनुसन्धान केन्द्रित भएको भेटिन्न। अनुसन्धानको प्रकृति हेर्दा धेरै जसो अनुसन्धान दात्रिरास्ट्रको सहयोगकोलागि गरेको देखिन्छ भने कतिपय बौद्धिकज्ञान आर्जनकोलागि पनि भएको पाइन्छ।

अब चर्चा गरौँ समाजशास्त्र र मानबशास्त्रको शैक्षिक पठनपठन गर्नको लागि जनशक्ति , रकम र सामग्री र पाठ्यक्रम कसरि बन्यो या बनाईयो। सुरुमा ५ जना नेपाली जनशक्तिलाइ अमेरिकामा ३ जना र भारतीय बिस्वबिध्यालयमा २ जना, सबै पुरुष बिधार्थीलाइ उच्च शिक्षाको लागि लगानी भएको देखिन्छ। जसमा ३ जना मानबशास्त्री र २ जना समाजशास्त्रीले नेपाल रास्ट्रको मानबशास्त्र र समाजशास्त्रको संयुक्तरुपमा पठनपाठन गरिएको पाईन्छ। उहाँहरुका अनुसन्धान हेर्नेहो भनेपनि विदेशीले गरेका अध्ययन भन्दा खासै तात्विक फरक पाईन्न। कतिपय हदमा आफुलाई अमेरिकाको बिस्व बिधालयले प्रशिक्षन गरेको हो भन्ने डम्बगर्ने गरेको कुरा पठन पाठन गराउने क्रममा स्पट झल्किन्थ्यो। अनुमान गर्न सकिन्छ, हाम्रा दिग्गज प्रोफेसरहरुले पश्चिमा राष्ट्र राज्यकोअब धारणा नै ग्रहण गरेर, उही ज्ञान प्रतिपादन गर्नुभएको कुरा पाठ्यक्रमको अनुशुचिले स्पस्टपार्छ। मैले भन्न खोजेको कुरा के हो भने हाम्रो समाज र संकृतिको जगपुर्बिय ज्ञान र धर्मंमा अडेकोले पश्चिमा ज्ञान र प्रतिमानहरुको प्रयोग गरि समाज र संकृतिको अध्ययन गर्दा कस्तो परिणाम आउलात रु चाहे त्यो अध्ययन नेपालीले गरोस या बाहिरको ले।आज कतिपय हदमा स्वयम् नेपालीले अनुसन्धान गर्दा केहि कुराहरुलाई व्यक्तिगतरुपमा हल्कासित लिनेहुनाले ज्ञान निर्माणमा बाहिरका अनुसन्धानकर्ता भन्दा नी फितलो अनुसन्धान गरिएको भेटिन्छ। अर्कोतर्फ आजसम्मपनि हामीले आर्जनगरेको ज्ञान र उत्पादित जनशक्ति समाजको कुनक्षेत्र, तह र तप्कामा गएर जोडिने होभन्ने कुरा अलमल नै जस्तो छ।

यहाँ भाषाशास्त्री रोमन या कोब्शनको एउटा प्रसङ्ग पेश गर्दछु। एउटा किसानको छोरो शहरबाट उच्चशिक्षा आर्जन गरेर गाउँको घरमा जान्छ, बुढो बाबु (किसान) बारीमा हलो जोति रहेको ठाउँमा गएर उसले आफुले बिस्व बिद्यालयमा पढेको कुरा फुर्ति लगाउँछ जसमा प्लेटोदेखि फुको सम्म। छोराको उडन्ते ज्ञान आफ्नो भुमिमा र जन जीविकाको लागि काम नलाग्ने ठाने र एक्कासी उसले छोराको गालामा थप्पड लगाइ दिन्छ। छोराले आक्रोश शान्त भएपछि महसुश गर्छ, ‘यो थप्पड मेरो लागिभन्दा नि मेरो देशको शिक्षा नीतिको लागि हो’। आज आफ्नो पैत्रिक सम्पतिलाई तिलान्जली दियर बेरोजगारीको थप्पड खाएका हामीहरुले कहिले सम्मनियत खोटो रहेछ भन्दै पासपोर्टको पानाभरी भिसाकोछापलगाई बस्ने वा त्यो छोरा जस्तै शिक्षानीति गलत छ भन्ने कुराको महसुस गर्ने रु मैले यहाँ इतिहासलाइ दोष दिएर आदरणीय गुरुबर र ज्ञानलाइ नजरअन्दाज गर्नखोजेको होइन। उहाँहरुले जे, जस्तो र जसरिभएपनि नेपालको समाज विज्ञानलाई यहाँसम्म ल्याई पुर्याउनुभयो। गल्तित सरकारको थियो आयातित ज्ञानलाई आफ्नो भूमिमा लाद्न खोज्नु । किसानको छोरा जस्तै हाम्रो ज्ञान न हाम्रो जमिनको लागि उपयोगी हुदैछ न पश्चिमाहरुको लागि। हामी त यता न उताका, अरुको राम्रो देख्ने अल्पदृष्टिले मानशिक अपाङ्ग हुन पुगेका छौं। गल्तिधेरैभएका छन् । यसमा एउटैमात्र कारक तत्व नहोलान् । मूलतस् शैक्षिक नीतिनिर्माण गर्दा ज्ञानको श्रोत कसरि जुटाउने भन्ने मामलामा बजारमै चलेको सजिलोज्ञानको स्रोत लिनुजतिसजिलो थियो र छ पक्कैपनि नया अन्वेषण गर्नु, पुर्बिय ज्ञानलाई पुनर्जागरण गरि शैक्षिक तहमा लानको लागि पुंजी, जनशक्ति र इच्छाशक्ति पनि गतिलै हुनुपर्दथ्यो र हुनुपर्ला। आधुनिक बन्न बिकाशको मागगरेका हामीले बिस्तारै ज्ञान, प्रबिधि, धर्म, भाषा, संस्कृति , रहनसहन, लबज पनि आयातगर्ने गरेको कुरा त हाम्रो पुस्ता र हाम्रो बाबुबाजेको पालाका भएका सामाजिक व्यवहारहरुले जनाइरहेको छ। हामीपनि कति दोषी छौंभन्ने कुरा पनि सबैले आत्मालोचना गर्नुपर्ने देखिन्छ। सोधकार्यगर्नु भनेको ठुलाकुराको गुड्डीहाँक्नु , सरकारी गाडीमा ढुंगा हान्नु र अमेरिकी साम्राज्यबाद वा भारतीय बिस्तारबादको नारा लगाउनु जत्तिको सजिलो नहुने भएरै होला, मास्टर डिग्रीमा गरिने सोधपत्र गर्न नसकी बजारमा किन्ने  अरुको सार्ने र यी सोधकार्यलाई राम्रोसंग मुल्यांकन नगरी बैतर्नीतर्ने क्रियाक्रमगर्ने गरेको तथ्य छन्। अन्तिम अबस्थामा सोधकार्य गर्नगुरुको घर, चोटारकोठा धाउने, थेसिस जस्तोगरि वा मयज्ञानको स्रोतलाई, गुरुलाई उपहारदिय र वा मदिरापान गराएर प्रमाणपत्र लिएका कतिपय मनुवाहरू नै अहिले नेपालको बिकासगर्ने अनुसन्धान गरिरहेका होलान्। सोधकार्य र थेसिसको बिषय बस्तु छान्नपनि बजारमुखी, दाता खुसिपार्ने खालको हुने हुनाले नयाँज्ञान उत्पादन हुनेकुरै आएन। चोरीको त के कुरागर्नु स्वयम् विस्वबिध्यालयका उपकुलपति नै शैक्षिक चोरीको आरोपबाट मुक्त हुनसकेका छैनन्। राम्रोसंग मिहिनरुपमा हेर्ने हो भने ९०५ मास्टर डिग्रीका थेसिसहरु जलाई दिएपनि फरक नपर्ला। किनकि तिसोध कार्यहरु पूराका पुरा राजधानीमै तयार पारीएका भेटिन्छन्। यस्ता सोधकार्यको बस्तु निष्ठा नै के छ र रु गुनासो यति मात्र हो विभिन्न देशका डाक्टरधारी महासयहरु त भुत्ते खुकुरी नै भएकि न कि प्रोफेसर जस्ता मानिसहरु निर्लज्ज रुपमा एउटा पार्टी, धर्म र जातीको झोले कार्यकर्ता बन्ने आचारणलाइ आधुनिक वा सभ्य कसरि भन्ने ? हामी आफ्नै देशभित्र आफ्नै माटोमा ज्ञान लिएकापनि आफ्नो खालको चेतनाको ज्ञानन पाउँदा लाग्ने कर्दपनि हुन सकिएन।

बिगतलाई अलाप गरेर बस्नुमात्र समस्याको समाधान होइन। एका तर्फज्ञानलाई समय सापेक्षरुपमा परिमार्जनगरि अहिलेको बदलिँदो बिस्व परिस्थिति अनुसार आफ्नो माटोर जनजीविका अनुसार ज्ञानरबिज्ञानलाई जोड्नु छ।अर्कोतर्फ अहिलेसम्मको पश्चिमा दर्सनले बनाएका घाउ, चिरा र खाल्डाहरु पुर्नुछ। ज्ञानको प्रचुरखानी भएका हाम्रा पुराना ग्रन्थहरुभित्र भौतिक बिज्ञान र सामाजिक बिज्ञान खोज्नु छ। कामगर्नु र परिणाम निकाल्नु सजिलो भने अबस्य सजिलो छैन त र यदि समाजमा रहेका यावत समस्याहरुको समाधान गर्न युरोप र अमेरिकामा समेत गतार्थ हुन लागेका सिद्धान्तमा। उताका मानिसहरु आफ्ना समस्यासमाधानको लागि पुर्बिय दर्शन, धर्मरज्ञानलाई आत्मसात गरिरहेको बेलामा, हामी आफ्नै समाज र संस्कृतिमा ब्याप्त सुगन्ध चिन्न नसकेर ‘बाइन रिबिरोध’ गर्ने सिद्धान्तको काखमै रमाउने आदत परिबर्तन नगरेमा आफ्नै शरीरमा भएको सुगन्ध थाहा नपाएर भौतारिने कस्तुरी हुन पुगिन्छ। समाजशास्त्रलाई विकासे कार्यकर्ताबाट माथि उठाएर स्वास्थ्य क्षेत्र, समाजसेवाका क्षेत्रहरु जस्तै बालक, बुढाबुढी, अपाङ्ग, व्यापारमा र अनुसन्धानमा लगाउनसके बिगतमा समाज तोड्ने ज्ञानपून: समाजका विविधतालाई जोडेर स्वस्थ र सबल समाज बनाउनमा बढी समयन लाग्ला। यसैगरी मनाबशास्त्रले पनि आफ्नै सिद्धान्त, तकनिकि र प्रविधिको निर्माणगरि विभिन्न दर्सन, संस्कृति, भाषा, धर्म र पुरातात्विक बस्तुहरुको अध्ययनगरि आफ्नैज्ञान निर्माणगर्न सकेमा बिस्व ब्यापिकरणसंगै धरापमा परेका धेरैभाषा, धर्म, संस्कृति र प्रविधिको र क्षागर्न सकिन्छ।
पुर्बियज्ञान र समाज बिज्ञान र भौतिक विज्ञानका दृस्टीकोणले भरपुर खानी हो भने नेपाल एउटा गतिलो प्रयोगशाला। अबको ज्ञान यी पौराणिक ग्रन्थहरु (खानी) बाट निकलिएको ज्ञानलाई प्रसोधनगरि नेपाली प्रयोशालामा लगाउन सके बिदेसी ज्ञानलेदिने घृणारुपी, ब्यक्तिबादी र कलह रोप्ने ज्ञान र बिज्ञानबाट मुक्ति मिल्ला। तर खाँचो छ नया शिक्षानीति र कार्यक्रमको ।
(लेखक मानब शास्त्री हुन्, हालः टोरन्टो क्यानाडा बस्छन् )