पु.समाचार

नेबिसंघका विद्यार्थीलाई बिनाशर्त छाड्न माग गर्दै सोमबार देशभरका कलेजमा प्रदर्शन

काठमाण्डौ । नेपाल पवद्यार्थी संघले सोमबार देशभरका क्याम्पस अगाडि कास्की प्रहरीले मुद्धा चलाएका विद्यार्थी नेताहरुलाई झुटा मुद्धामा फसाउन खोजेको आरोप लगाउदै बिरोध प्रदर्शन गर्नेृ भएको छ । शनिबारबाट प्रहरी हिरासतमा रहेका नेविसंघका नेताहरु पर्शुराम वस्नेत, डिफान भुजेल र विनय पौडेल लाई कास्की प्रशासनले मुद्दा चलाएकोले आज पोखरामा भएको विरोध प्रदर्शनमा नेविसंघका सिनीयर नेता पशुपति भट्टराई लगायतका साथीहरु प्रहरीको कुटाईवाट शख्त घाईते भएको बताउदै उक्त घटनाको विरुद्धमा भोली ( सोमबार) देश भरका क्याम्पस अगाडी शशक्त विरोध प्रदर्शन गरिने नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले जनाएका छन् ।
शनिबार सरकारी गाडी जलाएको आरोपमा नेविसंघका विद्यार्थीहरुलाई प्रशासनले नियन्त्रणमा लिएको थियो । नेविसंघले अभियोग लागेका विद्यार्थी नेताहरुलाई बिना शर्त छाड्न माग समेत गरेको छ ।