सूचना प्रविधि

फोरजी/एलटिइ सेवा विस्तार गर्न सम्झौता

काठमाडौँ । नेपाल टेलिकमको फोरजी/एलटिइ सेवा विस्तारका लागि आज सम्झौता भएको छ । संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरीद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । त्यससम्बन्धी छुट्टाछुट्टै सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटिइ तथा सिसिएसआइका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् ।

फोरजी–एलटिइ सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क(¥यान)का लागि चिनियाँ कम्पनी जेडटिइ र सिसिएसआइ हङकङसँग सम्झौता भएको हो । सेवा विस्तार भएपश्चात् टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरलीका रुपमा सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि र आवश्यकताअनुसारका सेवा छनोट गर्ने अवसर प्राप्त हुनेछ । नेपालभर ६५ लाख क्षमताको फोरजी–एलटिइ विस्तारका लागि एउटा कोर नेटवर्क र दुई ¥यान नेटवर्क तयार गरिने छ । मुख्य कोर नेटवर्क काठमाडौँ र बुटवलमा रहने विज्ञप्तिमा उल्लेख छ ।

“¥यान नेटवर्कअन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ । सम्झौतापश्चात् एक वर्षभित्रमा परियोजना सम्पन्न हुनेछ”, विज्ञप्तिमा भनिएको छ । टेलिकमले मुलुकमै पहिलो पटक २०७३ साल पुस १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजी÷एलटिइ सेवा सञ्चालन गरेको थियो ।