अन्तर्राष्ट्रिय

आर्थिक अवस्थाको ख्यालगर्न आन्दोलनकारीलाई सुडानका प्रधानमन्त्रीको आग्रह

खार्तुम । सुडानका प्रधानमन्त्री मुताज मुसाले आर्थिक अवस्थाको ख्याल गर्न सुडानी प्रदर्शनकारीहरुलाई आह्वान गरेका छन्।
खार्तुममा शनिबार आयोजित एक कार्यक्रममा उनले भने, “प्रदर्शनकारीको आवाज अवश्य सुन्नु पर्दछ र सम्मान गर्नुपर्दछ तर देशको आर्थिक अवस्था के छ त्यो पनि हेर्नुपर्छ ।”  आन्दोलनकारीहरुले तर्कपूर्ण मागहरु पनि उठाएको बताउदै उहाँले ती मागहरुलाई सरकारले खुल्ला हृदयले पुरागर्ने तर्फ लाग्ने पनि बताएको समाचारमा जनाइएको छ ।

उनले मुलुकको आर्थिक समस्यालाई पनि सँगसगै मिलेर समाधान गर्ने सरकारको चाहना रहेको उल्लेख गरे । देशका आर्थिक समस्या जारी नै रहेको भन्दै ती मुद्दाको समाधान मिलेरै गर्ने पक्षमा सरकार रहेको पनि बताए ।  “यो कुरा सत्य हो की यहाँ धेरै आर्थिक समस्याहरु छन्, त्यसलाई समाधान गर्ने कार्य भइरहेको छ,” उहाँले प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै भनेका छन्।  गत वर्षको डिसेम्बर १९ देखि राजधानी खार्तुमसहित सुडानका विभिन्न ठाउँमा विरोध प्रदर्शनका कार्यक्रमहरु भइरहेका छन् । जसका कारणले देशमा आर्थिक अवस्थामा ह्रास आइरहेको समाचारमा जनाइएको छ ।

मुल्यबृद्धिका विरुद्धमा सरकारका विरुद्ध विपक्षीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शन विगत लामो समयदेखि जारी नै रहेको छ । प्रदर्शनका क्रममा अहिले सम्म कम्तीमा ३० जनाको मृत्यु भएको छ ।  निकै लामो समयको यो प्रदर्शनका कारण अरु कैयौँ घाइते भएको समाचारमा जनाइएको छ । त्यसैगरी यस आन्दोलनका कारण नागरिकका आधारभूत खाद्य लगायतका वस्तुहरुको पनि मूल्य बृद्धि भएको छ ।