आर्थिक

शेयर बजार आठ अङ्कले घट्यो

काठमाडौँ । साताको पहिलो दिनमै धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८।५७ विन्दुले घटेर एक हजार १५३।०६ विन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।७२ विन्दुले घटेर २४५।०८ विन्दुमा झरेको छ । कारोवार रकममा भने केही वृद्धि भएको छ । आज कूल १६९ कम्पनीको १५ लाख २७ हजार ७०६ कित्ता शेयर रु ४१ करोड ५७ लाख ७३ हजार ६०३ मूल्यमा खरीद बिक्री भएका छन् ।

कारोवार भएका ११ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक दश उपसमूहको शेयर कारोवार घटेको छ । व्यापार २।८७ विन्दुले बढेको छ । यस्तै बैंकिङ ५।६४, होटल १७।२५, विकास बैंक ८।७१, जलविद्युत् १८, वित्त १।०२, निर्जीवन बीमा ३६।३१, उत्पादन १८।५३, अन्य १२।३८, लघुवित्त २।८ र जीवन बीमा ३७।५३ विन्दुले घटेको छ । नेपाल धितोपत्र बोर्डले शेयर प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था गरेको सन्दर्भमा आज बजारमा सुधार आउने अपेक्षा गरिएको थियो ।

घटेको बजारमा विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले करीब चार प्रतिशतले कमाउँदा जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले दुई प्रतिशतले कमाएका छन् । यस्तै सूर्योदय लघुवित्त वित्तीय संस्थाले १।९८, कालिका लघुवित्त वित्तीय संस्थाले १।९७, एभरेष्ट इन्सुरेन्स कम्पनी १।९७, विशाल बजार कम्पनीका शेयरधनीले १।९५ प्रतिशतले कमाएका छन् ।

त्यस्तै सानिमा इक्विटी फण्ड ३।७, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था ३।०६, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी २।८४, महालक्ष्मी विकास बेंक २।८७, अरुण काबेली पावर २।६७, हिमालयन पावर पार्टनर २।६७ र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २।६८ गुमाएका छन् ।