राजनीति

नेबिसंघका नाममा जनताको करले किनेको सरकारी गाडी जलाउनु निन्दनीय: गगन थापा

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेविसंघका कार्यकर्ताले गाडी नियन्त्रणमा लिएर जलाउनु गलत भएके विचार ब्यक्त गरेका छन् । शनिबार नेबिसंघका केही नेता कार्यकर्ताले पोखरामा सरकारी गाडीलाई बिदाको दिनमा चलाएको भन्दै नियन्त्रणमा लिएर जलाएपछि त्यसको भोलीपल्ट आईतबार काँग्रेस युवा नेता थापाले सामाजिक संजाल फेसबुकमा प्रतिकृया दिदै उक्त विचार ब्यक्त गरेकामा हुन् ।
आफूले यस्ता कृयाकलापलाई कहिल्यै प्रोत्शाहन नगर्ने र यस्ता कार्यलाई निन्दनीय रुपमाच लिएको दाबी गरेका छन् । नेबिसंघका पुर्ब महामनत्ती समेत रहेका नेता थापाले नेपाली काँग्रेसले प्रमुखप्रतिपक्षी दल नेपाली काँग्रेसले भोली २१ गते गर्न लागिएको नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको बिरुद्धको कार्यक्रममा समेत यस्ता कृयाकलाप नगर्न संकेत दिएका छन् ।