प्रदेश 1

आचार्य समाजको मोरङ अध्यक्षमा पदम आचार्य पुनः निर्बाचित

बिराटनगर । आचार्य कल्याण समाज मोरङको ८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको जनाएको छ । चुनावी साधारणसभाले आगामी ३ वर्षको लागि पदम प्रसाद आचार्यको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । यस अघि समेत समाजको अध्यक्ष रहेका नबनिर्बाचित अध्यक्ष आचार्य आचार्य समाजको केन्द्रीय सदस्य समेत हुन् ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको कार्यलयका कानुनी सल्लाहकार माननीय चुडामणी आचार्यको प्रमुख आतिथ्य तथा आचार्य बन्धु समाज नेपालका केन्द्रीय महासचिव बाबुराम आचार्यको बिशिष्ट आतिथ्यमा सम्पन्न साधारण सभाले मोरङ जिल्लाको आचार्य समाजको रुपमा सह्रानीय कार्य गर्दै आएको समाजको साधारण सभाले उपाध्यक्षमा जयधर्म आचार्य, शिवप्रसाद आचार्य, बालकृष्ण आचार्य, सचीव– ठाकुरप्रसाद आचार्य, कोषाध्क्ष– सन्तोष आचार्य, सदस्यहरुमा चक्रप्रसाद आचार्य, गुणराज आचार्य, देविप्रसाद आचार्य, कृष्णप्रसाद आचार्य, कालिप्रसाद आचार्य (कमल), गोपाल आचार्य, हरिप्रसाद आचार्य, माधवप्रसाद आचार्य, छत्रमणि आचार्य, गोविन्द आचार्य, सुभाष आचार्य, भिमप्रसाद आचार्य रहेका छन् ।

समाजले साधारण सभामा ७० बर्ष नाघेकालाई बन्धुहरुमध्ये ज्येष्ठ ५ जनालाई सम्मान समेत गरेको थियो ।

-विजयी टिम

साधारण सभाले बिधान संसोधन लगायतका बिभिन्न बुंदाहरु पास गर्दै मोरङ आचार्य बन्धु समाजलाई आचार्य बन्धु समाज नेपाल केन्द्रीय कार्यसमितिसंग समन्वय गरेर एउटै छातामुनी राख्ने निर्णय समेत गरेको छ ।