राजनीति

नैतिकताबिना कुनैपनि मानिस ठूलो पदमा पुग्ला तर उसले मुलुकको लागि गर्न सक्दैनः डा. कोईराला

विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संस्कार एवं नैतिकताविनाको राजनीतिको कुनै अर्थ नरहने बताएका छन्। नेना कोईराला प्रतिष्ठानका संरक्षक समेत रहेका काँग्रेस प्रभावशाली नेता डा कोईरालाले नैतिकताबिना क्षणीक समयका लागि कुनै मानिक प्रधानमन्त्री वा कुनै ठूलै पदमा पुगेपनि उसले मुलुक र जनताका लागि कुनै योगदान गर्न नसक्ने दाबी गरेका छन् । उनले पछिल्लो समयमा पदका लागि नैतिकता नै गुमाउने राजनीतिक संस्कार हावी हुँदै गएको तर्फ सचेत हुन नेकपामात्र नभएर सबै दलका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले बिराटनगरमा आज आयोजीत कार्यक्रममा बोल्दै गोबिन्द केसीका माग राम्रा भएपनि संसदको बहुमतबाट प्रकृयागत हिसवबाट पास भएको जिकिर गर्दै नैकिकताका हिसावले पास गर्न नहुने तर्क गरेका छन् ।

उक्त कार्यक्रममा, अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापा ‘नोना कोइराला समृति पत्रकारिता पुरस्कार’ बाट आज सम्मानित भएका छन् । पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

त्यस्तै ‘नोना कोइराला समृति सामाजिक सम्मान’बाट तोरेन्द्रमान सिंह प्रधान, राधाप्रसाद घिमिरे, बनि नेपाल, गोपाल शर्मा र नारायणप्रसाद आर्याल सम्मानित भएका हुन् ।

नोना कोइरला स्मृति प्रतिष्ठान नेपालद्वारा आज यहाँ आयोजित १२औँ नोना कोइराला समृति दिवस–२०७५ ‘पत्रकारिता पुरस्कार तथा सामाजिक सम्मान समारोह’ मा उनीहरुलाई पुरस्कार र सम्मान पत्रबाट सम्मान गरिएको हो ।

सो अवसरमा प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुुर तुम्वाहाङले राजनीतिक आन्दोलनको उचाइ बढाउन र आम नागरिकलाई सचेत एवं सजग बनाउन स्वर्गीय नोना कोइरालाको योगदान अविष्मरणीय छ भने ।

नेपाली काङ्ग्रेसको इतिहास स्व कोइरालाको विना अधुरो छ भन्दै उनले स्व कोइरालाप्रति श्रद्धासुमन व्यक्त गरे ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी, प्रदेशसभा सदस्य केदार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल, प्रतिष्ठानका सदस्य निर्मला कोइरालाले स्व कोइरालाको योगदानका विविध पक्षमाथि प्रकाश पारे ।