राजनीति

राजनीतिक क्रान्ति सकियो अब ध्यान जनताको आर्थिक विकासमा जानुपर्छः डा. भट्टराई

भोजपुर । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजन बाबुराम भट्टराईले नेपाललाई अब आर्थिक समृद्धिको बाटोतर्फ लैजानुपर्ने बताएका छन् ।

मध्य पहाडी लोग मार्ग जनसंवाद अभियानअन्तर्गत भोजपुरको टुँडिखेलमा भएको कार्यक्रममा उनले नेपाल, भारत र चीनजस्ता तीव्र आर्थिक समृद्धितर्फ गइरहेको देशको बीचमा रहेकाले अबको सरकारको आर्थिक समृद्धिलाई पहिलो प्राथमिकताका राखेर काम गर्नुपर्ने बताए ।

उनले नयाँ शक्ति पार्टी नेपालले देशको समृद्धिको खाका कोरेर आफ्नो क्रियाकलाप अगाडि बढाएको समेत बताए । उनले भने, ‘‘नेपालको राजनीतिक क्रान्ति सकियो अब हाम्रो ध्यान जनताको आर्थिक विकासमा जानुपर्छ, अबको सरकारले यसतर्फ ध्यान दिन आवश्यक छ ।”

संयोजक भट्टराईसहितको टोली जनताका गुनासा सुन्ने लक्ष्यका साथ विभिन्न ठाउँमा जनसंवाद कार्यक्रम गरिएको छ । यो अभियानअन्तर्गत आज भोजपुरको अरुण गाउँपालिकाको प्याउली, पौदुङ्ममा गाउँपालिकाको च्याङ्ग्रे, भोजपुर सदरमुकामलगायत ठाउँमा कार्यक्रम सम्पन्न गरेको छ ।