अन्तर्राष्ट्रिय

भेनेजुएला सङ्कट, राष्ट्रपति मदुरो विरुद्ध प्रदर्शन

काराकास । भेनेजुएलाका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मदुरो विरुद्ध बृहद प्रदर्शन गरेका छन् । अमेरिकालगायतका देशहरुको समर्थन पाउनु भएका विपक्षी नेता हुँवा गुएइदोको नेतृत्वमा विपक्षीहरुले शुक्रबार व्यापक प्रदर्शन गरेका हुन् ।

उनीहरुले राष्ट्रपति मदुरोलाई तत्काल निष्पक्ष निर्वाचनको वातावरण बनाउन माग गरेको समाचारमा जनाइएको छ । युरोपेली सङ्घमा आबद्ध प्रमुख देशहरुले पनि एक हप्ता भित्रमा नयाँ निर्वाचनको वातावरण बनाउन मदुरोलाई गत हप्ता अल्टीमेटम दिएका थिए ।

उनीहरुले तत्काल निर्वाचनको वातावरण नबनाएमा मदुरोलाई सहयोग गर्न नसक्ने र आफैँले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका गुएइदोलाई समर्थन गर्ने बताएका थिए । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष गुएइदोले राष्ट्रपति मदुरोलाई अवैध दावी गर्दै केही दिन अगाडि आफैँले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए।

राजनीतिक सङ्घर्ष चुलिदै गएपछि कतिपयलाई देश निकाला गरिएको छ भने कतिपय आफैँ विस्थापित भएका छन् । देश निकाला गरिएकाहरुले अमेरिकाको मियामीमा आयोजना गरेको ¥यालीमा बोल्दै अमेरिकी उपराष्ट्रपति माइक पेन्सले भेनेजुएलाका राष्ट्रपति मदुरोले अमेरिकाले भनेअनुसार नै गर्ने विश्वास व्यक्त गरे ।