समाचार

अनशन तोड्दै डा. केसीले भने, ‘प्रधानमन्त्री ओलीमा ईमान र विश्वासनीयता रहेनछ’

काठमाण्डौ । अनशनरत प्रा. डा. गोबिन्द केसीले एकतफी रुपमा दुई हप्ता लामो आफ्नो आमरण अनशन तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग संस्थागत र व्यक्तीगत हिसाबले ईमान र विश्वाशनीयता नभएको आरोप लगाएका छन् । आफूसंग भएका सहमती अनुसार मेडिकल शिक्षालाई पालना नगरी जनताको हित विपरीत ओली सरकार गएको भन्दै आफूले फरक तरिकाले सरकारका जनता बिरोधी गतिबिधिको बिरोध गर्ने बताउदै पुर्ब प्रधान्नयायधीश शुसीला कार्की र पुर्ब सभामुख दमननाथ ढुंगानाबाट जुस खाएर अनशन तोडेका छन् । आवाशीय चिकित्शक, माथेमा कार्य दल र आवाशीय चिकित्शकहरुलाई धन्यबाद दिदै आफ्नो अनशन तोडेको शिक्षण अस्पतालमा भर्खरैमात्र सम्पन्न पत्रकार सम्मेलनमार्फत अनशन तोडेको घोषणा गरेका छन् ।

१५ पटकको अनशनमा फरक फरक सरकारले बिभिन्न प्रकारका सहमतीहरु गरेपनि यसपटक नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गोबिन्द केसीका माग पुरा भईसकेको भन्दै अनशनको बिरोध गरेपछि अनशन संकटमा पर्दै गएको थियो । पछिल्लो समयमा प्रतिनिधि सभा तथा राष्ट्रिय सभाबाट बहुमतले चिकित्शा शिक्षा बिधेयक पास भएपछि काँग्रेस सभापति शेरबहादुर देउवा, पुर्ब राष्ट्रपति रामबरण यादब, पुर्ब प्रधानन्यायधीश शुसीला कार्की लगायत नागरिक समाजका अगुवाले अनशन तोड्न आग्रह गरेका थिए । सबै पक्षको आग्रहपछि डा. केसीले आफूले अनशन तोडेको बताएका छन् ।

“चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनशन जारी राख्दा असहज अवस्था सिर्जना हुने, बिरामीले थप दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले मैले अनशन तोडेको हुँ,” डा केसीको विज्ञप्तिमा भनिएको छ । उनले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले नसमेटेका आफ्ना माग पूरा गर्न फरक ढङ्गले सङ्घर्ष गर्ने बताए ।

डा केसीले पुस २५ गते इलाम पुगेर अनशन शुरु गरेका थिए । अनशनकै क्रममा उनको स्वास्थ्यमा गम्भीर असर देखिएपछि सरकारले डा केसीलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याएको थियो ।

डा केसीले राखेका माग राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ ले सम्बोधन गरिसकेको भन्दै सरकारले पटकपटक अनशन तोड्न आग्रह गरेको थियो । यसअघि आजै पूर्वविशिष्ट व्यक्तिले डा केसीसँग भेट गरी अनशन स्थगित गर्न आग्रह गरेका थिए ।