खेलकुद

नेपालद्वारा युएई ४ विकेटले पराजित, तीन करोड नेपालीमा खुसीयाली

काठमाडौँ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) ले दोस्रो टी–२० क्रिकेटमा नेपाललाई जीतका लागि १०८ रनको लक्ष्य पाएअनुसार नेपाली टोलीले नेपाललाई विजय गराउन सफल भएका छन् । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०७ रन मात्र बनाउनसकेका थिए । भर्खरैमात्र नेपालका खेलाडी दीपेन्द्र र पवन मिलेर बिकेट दिलाउन सफल भएपछि नेपाल विजयी हुन सफल भएको छ । क्रिकेटमा विजयी भएपछि विश्वभरका नेपालीहरु खुसीयाली मनाउन थालेका छन् ।

युएइका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन जोडे । यस्तै शाइमन अनवरले १४ र मोहमद बोताले ११ रन बनाए । युएइका छ ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । युएईलाई थोरैमा समेट्न नेपालका अविनाश बोहराले तीन तथा सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले दुई/दुई विकेट लिएका थिए ।

नेपालविरुद्धको तीन खेलको टी–२० सिरिजमा युएई १–० ले अघि थियो । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको भएपनि पछिललो समयमा खेल राम्रो देखाएका कारण नेपालले विजय हाँशिल गरेको हो । खेलमा विजयी भएपछि क्रिकेटमा नेपालको नाक पुनः उच्च भएको छ ।