आर्थिक

एनआईसी एशिया बैंकको त्रैमासिक विवरण- २ अर्ब १४ करोड मुनाफा आर्जन

काठमाडौँ । एनआई सी एशिया बैंकले चालु आ.व. २०७५/७६ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण माघ २ गते सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका छन् । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १७२ प्रतिशत (रु. १ अर्ब ३५ करोड) ले वृद्धि गरी २ अर्ब १४ करोडको सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै गरी खुदमुनाफा तर्फ वार्षिक विन्दुगत आधारमा १६४ प्रतिशत (रु. ९४ करोड) को वृद्धि सहित १ अर्ब ५१ करोडको खुदमुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुदमुनाफा ५७.१८ करोड रहेको थियो ।

बैंकले वार्षिक विन्दुगत आधारमा ५३ प्रतिशत (रु. ७४ अर्ब) को वृद्धि गरी वा सालातको आकार रु.२१४ अर्ब पु¥याउन सफल भएको छ । जस अन्तर्गत कर्जा तर्फ वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत (रु. ४८ अर्ब) को वृद्धि गरी रु. १४९.३ अर्ब र निक्षेप संकलनतर्फ वार्षिक विन्दुगत आधारमा ४६ प्रतिशत (रु. ५५ अर्र्ब) को वृद्धि गरी रु. १७५.७६ अर्ब पु¥याउन सफल भएको छ । उक्तवृद्धि नेपाली बैंकिङ्ग ईतिहासमा कुनै पनि बंैकले वार्षिक विन्दुगत आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि हो ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७५शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले परिपालना गर्दै आएको छ ।