प्रदेश 2

आपतकालीन आवास शिलान्यास

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ५ मा निर्माण हुने आपतकालीन सामाजिक सुरक्षित आवास ९सेल्टर हाउस० को बिहीबार शिलान्यास भएको छ । नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगत र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंहले संयुक्तरूपमा आवासको शिलान्यास गरे ।

कोरियाली रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सप्तरी शाखाद्वारा सञ्चालित कोशी वेशीन कार्यक्रमअन्तर्गत आपतकालीन आवास निर्माण हुनलागेको कोशी वेसीनका कार्यक्रम अधिकृत प्रशान्त थापाले बताए ।

कूल रु १६ लाख ६८ हजार ८५४ को लागतमा सो आवास निर्माण हुनलागेको हो । सुरक्षित आवासगृहमा एउटा सानो र एउटा ठूलो कोठा बनाइने छ । शिलान्यासपश्चात गाउँपालिका अध्यक्ष सिंहले निर्धारित तीन महीनाको समयसीमाभित्र आपकालीन सुरक्षित आवास निर्माण हुने प्रतिबद्धता व्यक्त गरे ।